आर्थिक समृद्धिसहितको राजनीति अगाडि बढाउनुपर्छ : अध्यक्ष दाहाल
काठमाडौँ–एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको मूल आधार नै वर्ग सङ्घर्ष भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आज आयोजित ‘जातीय–क्षेत्रीय मोर्चा समन्वय समिति’द्वारा आयोजित ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको नयाँ संविधानले नै समाजवादलाई आत्मसात् गरेकाले त्यसलाई समृद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।
सामाजिक न्यायसहितको आर्थिक समृद्धि नै राजनीतिक दलको प्रमुख विचार र कार्यनीति हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले राजनीतिसँगै आर्थिक विषयलाई पनि योजनाबद्ध रुपमा अगाडि बढाउनुपर्दछ भने ।
अध्यक्ष दाहालले नयाँ संविधानले अल्पसङ्ख्यक समुदाय र वर्गलाई समेत अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै भने, ‘‘संविधान निर्माणमा एमाओवादीले पहलकदमीबाट देशभर नयाँ रक्तसञ्चार पैदा भएको छ । जनतामा नयाँ आशा र चेतनाको रक्तसञ्चार भएको छ ।’’
उनले फरक एक प्रसङ्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र भएको बताए । उनले भने, ‘‘प्रधानमन्त्रीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र हो कुनै सन्धि र सम्झौता गर्न होइन ।’’
अध्यक्ष दाहालले मधेसका जनताको वास्तविक मुक्तिका लागि आफ्नो पार्टीले अगाडि सारेको कार्यदिशा नै सही र वास्तविक भएको भन्दै तराई–मधेसमा जनतालाई भ्रम छरेर आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने प्रवृत्तिविरुद्ध सचेत हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण