बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सम्पदाको पुनःनिर्माण भोलिदेखि सुरु गर्ने घोषणा

सोमबार, ०३ फागुन २०७२, ०७ : ५९
सोमबार, ०३ फागुन २०७२
काठमाडौँ– सरकारले राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरको पुनःनिर्माणको थालनी आगामी फागुन ४ गतेदेखि सुरु गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको पर्यटन परिषद्को बैठकले आगामी फागुन ४ गते दिउँसो ४ बजे सुन्धारास्थित पहिले धरहरा भएको स्थानबाट राष्ट्रिय सम्पदा निर्माण अभियानको घोषणा गरेर सुरुगर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए । भूकम्पका कारण क्षतिग्रस्त राष्ट्रिय सम्पदा निर्माणका क्रममा सरकारले धरहरा निर्माण गर्न सार्वजनिक आह्वान गरेर निर्माण गर्ने निर्णयसमेत बैठकले गरेको छ । प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा परिषद्का उपाध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखरेल, अन्य मन्त्रालयका मन्त्रीहरू, उद्योग वाणिज्य सङ्घ, पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकले भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण घटेको पर्यटन क्षेत्रलाई निर्माण अभियान सुरु गरी वृद्धि गर्ने निर्णय गर्दै हालसम्म पर्यटनको अवस्थाबारे पनि समीक्षा गरिएको मन्त्री पोखरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप