अमेरिकामा नेपाली महिला बैज्ञानिक महर्जन पुरस्कृत
वाशिंगटन डिसी – काठमाडौँ जन्मेकी नेपाली अनुसन्धानकर्ता तथा नेपाली महिला बैज्ञानिक डा शुशिला महर्जन गत फेब्रुअरी १३ तारिख एक कार्यक्रमबीच 'दि एल्सभियर फाउन्डेसन पुरस्कार द्वारा सम्मानित भएकी छिन् । विश्वका पाँच महिलाहरु मध्ये नेपालबाट मनोनयनमा परेकी डा. सुशिल महर्जनलाई वाशिंगटन डिसीमा बार्षिक सम्मेलनमा पुरस्कृत गरिएको हो । पुरस्कृत हुने सबैलाई उनीहरुले अनुसन्धानमा गरेको प्रतिबद्धताको साथै स्वास्थ्य तथा आर्थिक क्षेत्रमा परेको प्रभावको कारण पुरस्कार प्रदान गरिएको हो । डा महर्जनलाई उनले नेपालको उचाई क्षेत्रमा स्ट्रेप्टोमाईसिन ब्याक्टेरिया सम्बन्धि अनुसन्धानको लागि पुरिस्कृत गरिएको थियो ।
यो पुरस्कार सन् २०१२ बाट थालनी भएको हो भने प्रत्येक पुरस्कृत अनुसन्धानकर्ता बैज्ञानिक महिलालाई सम्मान स्वरुप पाँच हजार डलर प्रदान गरेको छ ।
एल्सभियर फाउन्डेसनका अनुसार पोषण ,मनो बैज्ञानिक ,जीव प्रबिधि ,मानसिक रोग चिकित्सा ,महिला स्वास्थ्य ,जीव वातावरण तथा सरुवा रोग सम्बन्धि अनुसन्धान गर्ने ५ महिलालाई सम्मान गरेको जनाएको छ ।
नेपाली महिला बैज्ञानिक डा शुशिला महर्जनले आफ्नो मन्तब्यमा आफुले गरेको अनुसन्धान तथा संघर्षका बारेमा जानकारी गराएकी थिइन् ।
यसै बीच ,नेवा अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा डा महर्जन संग डिसी महानगर क्षेत्रको सिल्भर स्प्रिङ्ग्स मा भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्यो ।
उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामलाल श्रेष्ठले गरेका थिए । अध्यक्ष श्रेष्ठले सम्पूर्ण नेपाली समुदायको तर्फबाट महर्जनलाई शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण