बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

ट्राफिक कारबाहीपछि बजार व्यवस्थापन सहज

सोमबार, ०३ फागुन २०७२, ११ : ३४
सोमबार, ०३ फागुन २०७२

मेलम्ची– लामो समयदेखि यातायातका साधन अव्यवस्थित रूपमा पार्किङ गर्दै आएको सिन्धुपाल्चोक जिल्लाका मेलम्ची बजारलगायत मेलम्ची नगरपालिकामा ट्राफिक प्रहरीले जथाभावी पार्किङ गर्नेलाई कारबाही गर्न थालेपछि बजारमा सहजता महसुस भएको छ ।

जथाभावी पार्किङले दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले कारबाही गर्न थालेको हो ।

व्यवस्थित तवरले पार्किङ गरी यातायात आवागमनमा सहयोग पु¥याउन र दुर्घटना हुनबाट जोगाउनका लागि पटक पटक बजार क्षेत्रमा पार्किङ नगर्न अनुरोध गर्दासमेत नमानेपछि कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, मेलम्चीमा कार्यरत ट्राफिक प्रहरी गीताप्रसाद काफ्लेले बताए ।

अव्यवस्थित पार्किङ गरेका सवारी साधनबाट एकै दिनमा रु १२ हजार राजस्व सङकलन गरिएको र ४० वटाभन्दा बढी सवारीसाधनको कागजपत्र नियन्त्रणमा लिएको काफ्लेले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप