ऐतिहासिक जीतपछि राजुकाजीले भने, ‘केटाहरुले धेरै राम्रो खेले’
गुवाहाटी– नेपाली फुटवल टिमका प्रशिक्षक राजुकाजी शाक्यले नेपाली टिमले धेरै राम्रो खेलेका कारण भारतमाथीको जित हात परेको बताएका छन् । सोमबार भारतको गुवाहाटीमा भएको सागको फाईनल भिडन्तमा भारतलाई दुई–एक को गोल अन्तरले पराजित गरेपछि शाक्यले भने, ‘केटाहरुले धेरै राम्रो खेले ।’ भारतीय खेलाडीहरुले पहिलो हाफमा राम्रो खेलेपनि उनिहरुको डिफेन्स कमजोर रहेको शाक्यले बताए । ‘उनिहरुको डिफेन्स कमजोर थियो’ शाक्यले भने, ‘दोस्रो हाफमा हामीले राम्रो गर्न सक्यौं ।’ भारतीय टिमका मावीमिङ्थाना र कुमन उदन्ता सिंह राम्रो खेलाडी भएको उल्लेख गर्दै शाक्यले भने, ‘हाम्रो डिफन्सको कमजोरीका कारण भारतले एक गोल हान्न सफल भयो ।’ भारतीय खेलाडीहरु आफ्नै मैदानमा पनी निकै दवावमा खेलको शाक्यले बताए । भरतीय टिमका प्रशिक्षक लि अलान जोन्सोनले खेल हारेपछि आफु निकै निराश भएको प्रतिक्रीया दिए । ‘दोस्रो हाफमा धेरै समस्या भयो’ जोन्सोनले भने, ‘दोस्रो हाफमा धेरै अवसर सिर्जना गरेपनी गोल हुन सकेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण