अनेरास्ववियुमा मनोनयन दर्ता सुरु
काठमाडौँ - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० को २२औँ राष्ट्रिय सम्मेलनमा नयाँ पदाधिकारीका लागि मनोनयन दर्ता सुरु भएको छ ।
प्रतिनिधिसम्बन्धी विवादका कारण बिहानदेखि नै सुरु हुने भनिएको मनोनयन दर्ता प्रक्रिया साँझ मात्र सुरु भएको छ । अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको र मतदान भने मङ्गलबार हुने जानकारी दिए ।
वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । दुवै समूहले छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदान उत्रिने तयारी गरेका हुन् ।
लामा समूहका उपाध्यक्षमा रश्मि आचार्य, सुतिता बराल, महेश बर्तौला र शैलेश लामा छन् । महासचिवमा ऐन महर, सचिवमा समिक बडाल, आरसी लामिछाने, वसन्त ढकाल, मकर खड्का, जनजातिबाट अमृत बूढा, महिलाबाट कमला बोहरा, मधेसीबाट दुर्गानन्द ठाकुर र कोषाध्यक्ष झपेन्द्र खत्री छन् ।
गौतम समूहका उपाध्यक्षमा जीवन राई, राधिका खतिवडा, नीलकण्ठ आचार्य र सरोज यादव छन् । महासचिवमा अब्दुल हुसेन खाँ, सचिवमा भीम रावल, सुरेश पराजुली, अशेष घिमिरे, जनजातिबाट गौतम राई, महिलाबाट आरती लामा, खुलाबाट भक्तकुमारी लामा, मधेसीबाट ओसिम आलम र कोषाध्यक्षमा कमल शाही छन् ।
त्यस्तै गौतम समूहमा अनेरास्ववियु निर्वाचन आयोगका अध्यक्षमा प्रेम प्रधान, लेखा आयोगका अध्यक्षमा शिवजी गुप्ता र अनुशासन आयोगका अध्यक्षमा गिरेन राई छन् भने लामा समूहका आयोगका अध्यक्षमा तुलसीराम मैनाली, लेखा आयोगका अध्यक्षमा धर्मेन्द्र रोकाया, अनुशासन आयोगका अध्यक्षमा निशा अधिकारी तय भएका छन् । त्यस्तै लामा समूहको सचिवालय सदस्यमा उमेश आचार्य र नारायण घर्ती, सुदर्शन शिवाकोटी, मोती विकलगायत छन् ।
अनेरास्ववियुको १७ पदाधिकारीसहित १४२ जनाको केन्द्रीय कमिटी छ । माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुने भनिएको सम्मेलन दुई दिन लम्बिएको छ । बिहीबार भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा देशभरबाट एक हजार ५०० प्रतिनिधिको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण