फागुन ७ देखि भारतबाट ८० मेगावाट विद्युत ल्याइँदै, लोडसेडिङ्गमा भने खासै फरक नपर्ने
काठमाडौं — भारतबाट ८० मेगावाट विद्युत आयात गर्न सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल भारत ढल्केवर–मुजफ्फरपुर अन्तरदेशिय प्रशारण लाईनबाट विद्युत खरीद गर्ने गरी नेपाल विद्युत प्राधिकरण र भारतको विद्युत व्यापार निगम लिमिटेडविच सम्झौता भएको हो । उर्जा मन्त्रालयमा भएको सम्झौतामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र भारतको विद्यु्त व्यापार निगमका तर्फबाट ए के मग्गुले हस्ताक्षर गरे । सम्झौतामा हस्ताक्षर भएपछि आगामी फागुन ७ गतेदेखि १३२ केभिको प्रशारण लाईनमार्फत ल्याईने काफ्लेले बताए । हस्ताक्षर पछि मग्गुले सबै कुरा मिलेमा थप विद्युत दिन पनि आफूहरु तयार रहेको बताए । पहिलाको भन्दा सस्तो ढल्केवर–मुजफ्फरपुर अन्तरदेशिय लाईनबाट ल्याउने विद्याुतको शुल्क पहिलाको भन्दा सस्तो पर्ने भएको छ । यसको शुल्क ७ रुपैयाँ ४ पैसा पर्ने प्राधिकरणले जनाएको छ । यसअघि भारतबाट खरीद गरेको मूल्य १० रुपैँया तिर्नु परेको छ । उर्जा मन्त्री टोप बहादुर रायमाझीको विशेष पहलमा पहिलाको भन्दा सस्तो मूल्यमा विद्युत गरीद सम्झौता गर्न सफल भएको मन्त्रालयले जनाएको छ । हस्ताक्षर कार्यक्रममा उर्जा सचिव सुमन प्रसाद शर्माले नेपालले आफै उत्पादन गर्नुपर्ने अवस्थामा विद्युत खरीद गर्नुपर्ने दुःखद अवस्था भएको भएपनि नेपाल र भारत छिमेकी भएकोले यस्तो आदान प्रदान सामान्य भएको बताए । उनले नेपालमा पूर्वाधार नभएकोले तत्कालका लागि १३२ केभि प्रसारण लाईनमा थोरै मात्र ल्याउनु परेको भन्दै पूर्वाधार विकास भएपछि थप विद्युत आयात गरीने समेत बताए । लोडसेडिङ्गमा भने फरक नपर्ने सुख्खा याम संगै खोलमा पानीको मात्रा घटु्ने क्रम जारी रहेको र कुलेखानीमा पनि पानीको मात्रा घटेको हुनाले ८० मेवा थप हुँदा पनि अहिलेको लोडसेडिङ्गमा खासै फरक नपर्ने कार्यकारी निर्देशक काफ्लेले बताए । ‘एक हप्ताको सिस्टम परीक्षण हेर्छौँ, त्यसपछि अहिलेको लोडसेडिङ्गमा के कति प्रभाव पर्छ हेरौँ ’ उनले भने ‘राहत पक्कै हुन्छ तर के कति भन्ने कुरा पछि मात्र थाहा हुन्छ ।’ प्राधिकरणका अनुसार नेपालमा १३ सय मेगावाट विद्युत आवस्यक छ । नेपालमा भने जम्मा ३ सय मेगावाटको हाराहारीमा उत्पादन भएको र भारतबाट २ सय मेगावाट खरीद हुँदै आएको छ । अझै पनि ८ सय मेगावाट विद्युत अपुग रहेको प्राधिकरणले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण