एउटा गल्ली जहाँ चुम्बनका लागि पर्खन्छन् सयौं जोडी
मेक्सिको सिटी –मेक्सिकोमा एउटा त्यस्तो ठाँउ छ । जहाँ जोडीहरु चुम्बनका लागि लाईनमा बस्छन् । उनीहरु पालो कुर्छन् र चुम्बन गर्छन् किनकी यहाँ चुम्बन गर्दा प्रेमि प्रेमिका दुबै १५ सालसम्म खुसी रहने विश्वास गरिन्छ । यसका पछाडी दुई प्रेम जोडीकोअधुरो कथा पनि छ । त्यस कथामा केटीलाई उनका बाबुले धारिलो हतियार प्रयोग गरेर मारेका थिए । यो ठाउँ खासमा एउटा गल्ली हो । जसको नाम : एल कैलेन डेल बेसो छ, यसको अर्थ चुम्बन लिने गल्ली भन्ने बुझिन्छ । यो ठाउँ मेक्सिको गुआनाजुआतोमा छ । यहाँ रहेका दुई घरको दूरी यति साँघुरो छ कि एउटा घरमा बसेर अर्को घरमा बस्नेलाई चुम्बन गर्न सकिन्छ । बाल्कोनीबाट गर्ने गर्दथे चुम्बन इतिहासको कुनै कालखण्डमा यस गल्लीस्थित आसपासका दुई छुट्टा छुट्टै घरमा बसेर प्रेमि प्रेमिकाले चुम्बन लिन्थे । प्रेमिका डोना कार्मेन धनी परिवारकी थिइन् भने प्रेमी लुईस गरीब परिवारका थिए ।
डोनाका बाबुले उनको प्रेमलाई स्विकार्न सकेनन् । त्यसैले लुईसले उनकै घरको झ्याल तथा बाल्कोनी नजिक एक कोठा भाडामा लिए । परिवारले यो कुरा थाहा नपाउँदासम्म दुबै जना यस गलीमा रातीसम्म चुम्बन गदथे । जब बाबुले थाहा पाए त्यसपछि उनले रिसमा आफ्नै छोरीको हत्या गरे । लुईसले डोनालाइ बचाउनका लागि बालकोनीबाट हाम फालेका थिए । उनको पनि गर्र्दनमा चोट लाग्यो ।
अहिले डोना बस्ने कोठामा गिफ्ट पसल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण