मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनुगमनमा तिब्रता : सूर्य नेपालको आधिकारिक सप्लार्यस एबीसी मार्केटिङमा छापा

बुधबार, १२ फागुन २०७२, २० : ४०
बुधबार, १२ फागुन २०७२

काठमाडौँ – सरकारले सुर्तीजन्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । बुधबार उच्चस्तरीय अनुगमन टोलीले अनामनगर हनुमानथानस्थित सूर्य नेपालको आधिकारिक सप्लार्यस एबीसी मार्केटिङ प्रालिमा छापा हानी ठूलो परिमाणको चुरोट सिल गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौका प्रमुख (सीडीओ) रामकृष्ण सुवेदी, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख (एसएसपी) विक्रमसिंह थापा र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख अच्युत लामिछानेसहितको उच्चस्तरीय टोलीले डिलरमा छापा मारेको थियो । सो क्रममा मापदण्ड विपरीतका ६३६ बाकस विभिन्न ब्राण्डका चुरोटमा सिल गरेको छ । एसएसपी थापाले कानून भन्दा माथि कोही नभएको भन्दै मापदण्ड विपरीतका चुरोट उत्पादन गर्ने तथा विक्री वितरण गर्ने माथि कारबाही प्रक्रिया सुरु गरिएको बताए । उनले कुलतको पहिलो खुडकिलो र क्यान्सर रोगको खानी सुर्तीजन्य पदार्थ प्रयोगमा नियन्त्रण गर्न सरकारले ल्याएको कानून ८ महिना भन्दा बढी समयसम्म अटेरी गरेकोले अनुगमन तथा कारबाहीको प्रक्रिया अघि बढाएको बताए । जनस्वास्थ्य कार्यालयका प्रमुख लामिछानेले ९० प्रतिशत चित्रांकित स्वास्थ्य सन्देश नभएका चुरोट जफत गर्ने, सार्वजनिक स्थलमा धु्रमपान गर्न नदिने, सजाएर राख्न नपाउने, नाबालक तथा गर्भवतीहरुलाई खरीद विक्रीमा निशेध गर्ने नियमको नियमनमा लागेको बताए । उनले अनुगमनले तिव्रता दिइएको भन्दै यसलाई निरन्तरता दिइने बताए । टोली प्रमुख सुवेदीले ९० प्रतिशत चित्रंअंकित स्वास्थ्य सन्देश राख्नुपर्ने व्यवस्थाको नेपाली उत्पादकले अटेरी गर्दै आएकोले अनुगमन गरी मापदण्ड विपरीतका चुरोटहरु सील तथा जफत गरेको बताए । चुरोट उत्पादकले कानूनलाई नै चुनौति दिनेगरी लामो समय सम्म अटेरी गर्दै आएपछि बाध्यभएर मापदण्ड विपरीतका चुरोटमा सील गरिएको बताए । एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दका अनुसार नेपाली उत्पादकले अटेरी गर्दै आएकोले अनुगमन गरी मापदण्ड विपरीतका चुरोटहरु सील तथा जफत गरेको बताए । चुरोट उत्पादकले कानूनलाई नै चुनौति दिनेगरी लामो समय सम्म अटेरी गर्दै आएपछि बाध्यभएर मापदण्ड विपरीतका चुरोटमा सील गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप