नापतौलका पूर्वाञ्चल प्रमुख ५ घण्टा स्थानीयको नियन्त्रणमा
झापा– झापाको कन्काई नगरपालिकामा रहेका दुई पेट्रोल पम्प शिलबन्दी गरिएपछि अनुगमनका लागि आएका नापतौल विभागका कर्मचारीलाई स्थानीयले करिब ५ घण्टा नियन्त्रणमा लिएर छाडेका छन् ।
बुधबार दिउँसो २ बजे नापतौल गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरका अधिकृत मनिषकुमार दास नविकरण र पुनः चेकजाँचका लागि आएका वखत स्थानीयले उनलाई नियन्त्रणमा लिएका हुन् ।
कन्काई–३, सुरुङ्गामा रहेको मातृ आयल पम्प र कन्काई–१ मा रहेको पवित्रा आयल पम्पमा आइतबार र सोमबार क्रमशः शिलबन्दी गरिएको थियो । अनुगमनका क्रममा मापदण्ड अनुसार नपाइएपछि बिभागले यी दुई पम्पमा शिलबन्दी गरेको थियो ।
यस क्षेत्रमा डिजेल र पेट्रोलको वितरणलाई नै प्रभावित बनाउँदै दुई वटै पम्पमा शिलबन्दी भएपछि स्थानीयले शिलबन्दी खोलेर विक्री वितरण सहज बनाइदिन अधिकृत दाससँग अनुरोध गरेका थिए । त्यसै क्रममा, दासले स्थानीयको आग्रहलाई वेवास्ता गर्दै आफ्नो अडानबाट पछि नहटेपछि तनावको स्थिति सिर्जना भएको थियो ।
स्थानीयले बुधबार नै पम्पको शिलबन्दी खोली समस्या समाधान गर्नु पर्ने अडान लिएका थिए भने अधिकृतले नियम अनुसार ७ दिनपछि मात्र शिलबन्दी खोलिने बताएका थिए ।
मातृ आयलका सञ्चालक प्रेमप्रसाद दाहालले भने विभागका कर्मचारीले आफूले पम्पको चेकजाँचका लागि एक महिना अघि नै जानकारी दिए पनि कर्मचारी नआएको सुनाए । आफूलाई मापदण्डमा नुपुगेको भनि सिलबन्दी गर्नु अघि नदेखाइएको समेत उनको दाबी छ ।
सुरुङ्गा बजार क्षेत्रमा तनाव भएपछि स्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासन, वाणिज्य संघ, राजनीतिक दल, युवा बुद्धिजीवि, सञ्चारकर्मी लगायतले सहजिकरण गरेका थिए ।
लामो छलफल निष्कर्षमा पुग्न नसकेपछि बिहीबार पुनः ईलाका प्रहरी कार्यालय, सुरुङ्गामा छलफल गर्ने निर्णय भएको छ । समस्या समाधान नगरी प्रहरीले आफ्नो सुरक्षा घेरामा अधिकृत दासलाई अन्यत्र लागेपछि स्थानीयले नारावाजी गरेका थिए ।
कन्काई नगर क्षेत्रका यी दुई पम्पमा गरिएको शिलबन्दीलाई तोड्नु पर्ने स्थानीयको माग रहेको छ भने विधि पुगेपछि मात्र शिलबन्दी खोल्ने अडानमा विभाग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण