मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बाबा ग्यास डिपोका सञ्चालक अमर कटुवाल पक्राउ

बिहीबार, १३ फागुन २०७२, ०७ : १०
बिहीबार, १३ फागुन २०७२

काठमाडौँ–प्रहरीले काठमाडौको तीनकुने नजिकै जागृतिनगरबाट २३ सिलिण्डर ग्याससहित बाबा ग्यास डिपोका सञ्चालक अमर कटुवाललाई पक्राउ गरेको छ । प्रहरीको अपराध महाशाखाले जागृतिनगरको बाबा ग्यास पसलमा बुधबार छापा मारेर कालाबजारको लागि ठीक पारेर राखेको २३ सिलिण्डर ग्यास र ५३२०० नगद सहीत बरामद गरेको हो ।

भरि सिलिण्डर ग्यासलाई १६ सयमा बिक्री गरिरहेको सूचनाका आधारमा बाबा ग्यास डिपोमा छापा मार्दा २३ सिलिण्डर ग्यास भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले डिपोका सञ्चालक अमर कटुवाललाई पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप