तनावबीच संघीय समाजवादीसम्बद्ध विद्यार्थी संगठनको समायोजन
काठमाडौं- पार्टी एकीकरणको ६ महिनापछि तनावपूर्ण वातावरणबीच संघीय समाजवादी फोरमसम्बद्ध समाजवादी युवा फोरमको घोषणा भएको छ । बुधबार तत्कालीन संघीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम र खस–समावेशी राष्ट्रिय पार्टीसँग आबद्ध विद्यार्थी संगठनहरुको समायोजननिम्ति आयोजित सभामा तनाव सिर्जना भएको हो । तनावका बाबजुद अग्रगामी विद्यार्थी युनियन, मधेसी विद्यार्थी फोरम र खस समावेशी विद्यार्थी संघको समायोजन भएको छ । तत्कालीन विवेक राईको अध्यक्षतामा १ सय २८ सदस्यीय समाजवादी विद्यार्थी फोरमको नयाँ केन्द्रीय समिति घोषणा हुनेबित्तिकै विद्यार्थीहरुले नाराजुलुससहित केही समय सभा अवरुद्ध गरे । उनीहरुले विद्यार्थी इन्चार्ज अशोक यादवले मनपरी आफूनिकटकालाई मात्रै छानेको आरोप लगाउँदै नाराजुलुससमेत गरे । केहीबेर विद्यार्थी इन्चार्ज यादवको पक्ष र विरोधमा नाराजुलुससहित विद्यार्थी उत्रेपछि सभामा उपस्थित पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रकम चेम्जोङ तनावमा देखिए । साथै, समायोजनपछि महिला पदाधिकारी नसमेटिएको विषयमा पनि गम्भीर मतभेद सिर्जना भयो । यसपछि पार्टी अध्यक्ष यादवले ‘रुलिङ’ गर्दै दस मिनेटको लागि कार्यक्रम स्थगन गरे तापनि झन्डै एक घन्टा स्थगित भयो । र, अन्यमा केही नाम समेटेर पुनः विवेक राईकै अध्यक्षतामा १५ पदाधिकारीसहित १ सय ३० जनाको नामावली घोषणा गरिएको थियो । कार्यक्रम सुरु हुनुअघि पनि कार्यसमिति चयन विवादमा पार्टीका उच्च नेतृत्वबीच छलफल भएको थियो । यसैकारण ११ बजे सुरु हुने भनिएको कार्यक्रम साढे १ बजेपछिमात्रै सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण