भरतपुरका चार फार्मेसीमा तालाबन्दी
चितवन– औषधि व्यवस्था विभागले बुधबार भरतपुरका औषधी पसलहरुको अनुगमन गर्ने क्रममा चारवटा फार्मेसीमा तालाबन्दी गरेको छ ।
नारायणगढको पोखरा बसपार्कमा रहेको स्वीकृति आयुर्वेदिक औषधालय, प्रदिमा फार्मेसी, साकार मेडिकल हल र पुल्चोकको नारायण फर्मामा दर्तावाल व्यक्ति नरहेर अन्य व्यक्तिले औषधि बेचेको पाएपछि ती फार्मेसी बन्द गराइएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्र शर्माका अनुसार १२ वटा फार्मेसीमा अनुगमन गरिएकोमा ती फार्मेसीमा सम्बन्धित व्यक्ति नरहेकाले तालाबन्दी गरिएको हो ।
सम्बन्धित व्यक्ति उपस्थित भएपछि मात्रै फार्मेसी सञ्चालन गर्न विभागको टोलीले निर्देशन गरेको छ । सो क्रममा पोखरा बसपार्क, पुल्चोक हुँदै भरतपुरको कलेज अफ मेडिकल साइन्सेसभित्र रहेका चारवटा फार्मेसीको पनि अनुगमन गरिएको थियो ।
मेडिकल कलेजको फर्मेसीका सम्बन्धमा विभिन्न गुनासा आएकाले आकस्मिक निरीक्षण गरिएको भएपनि हालका लागि भने त्यस्तो केही नभेटिएको उनले बताए । सो क्रममा प्रमाणपत्र नवीकरण नभएका र बिलमा मिति र ब्याच नम्बर उल्लेख नगर्नेलाई यथाशक्य छिटो ती कुरा समावेश गर्न निर्देशन दिइएको पनि उनले बताए ।
अनुगमन टोलीमा विभाग, विभागको क्षेत्रीय कार्यालय वीरगन्ज र जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण