मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तारा एयरको जहाज दुर्घटना : शव बटुलेर आज पोखरा ल्याउने तयारीमा

बिहीबार, १३ फागुन २०७२, ०८ : ५२
बिहीबार, १३ फागुन २०७२

पोखरा–पोखराबाट जोमसोम जाने क्रममा म्याग्दीको दाना–२ सोलिघोप्टेभिरमा दुर्घटनाग्रस्त तारा एयरको विमानमा सवार मृतकको शव संकलनको काम आज पनि विहानैबाट सुरु गरिएको छ । बुधवार विहान ८ बजे दुर्घटना भएको स्थलमा दिउँसो २ बजे पुगेका सुरक्षाकर्मीले साँझसम्म १९ वटा शव संकलन गरेका थिए । बाँकी शबका टुक्राटुक्री जम्मा गर्ने काम विहानैबाट सुरु भएको क्षेत्रीय प्रशासक शंकर कोइरालाले जानकारी दिए । घटनास्थलमा पुगेका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राति सोहि स्थानमा वास बसेर विहानबाट पुन बाँकी शवको खोजी सुरु गरेका हुन् । एक जना नाबालक र महिलाको शब पहिचान गर्न सक्ने अवस्थामा भएपनि अन्यको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । केहिको शव आगोले जलेको अवस्थामा छ । यत्रतत्र छरिएको अवस्थामा रहेकाले शवको टुक्राहरु जम्मा गर्न समय लागेको त्यहाँ पुगेका सुरक्षाकर्मीले जानकारी गराएका छन् । विहिवार विहान मौसम निकै प्रतिकुल छ । पोखरा आसपाससहित घटनास्थलमा बाक्लो हुस्सु लाग्नुको साथै हिमपात भएको छ । घटनास्थलमा संकलन गरिएको शव हेलिकप्टर अवतरण हुने स्थानसम्म ल्याएर त्यहाँबाट पोखरा ल्याउने गरी तयारी भैरहेको छ । आज शव पोखरा ल्याएर आफन्तको जिम्मा लगाउने प्रशासनको तयारी छ । पहिचान नभएका शवहरु डिएनए परिक्षणको लागि काठमाडौं पठाईनेछ । जहाजमा चालक दलका तीन, दुई नावालक, दुई विदेशीसहित २३ जना सवार थिए । जहाजमा सवार सबैको ज्यान गएको हो । बुधवार विहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट उडेको ढल्ब्ज्ज् कलसाईनको जहाज ८ बजे सम्पर्क विहिन भएको थियो । दिउँसो २ बजे मात्रै स्थानियवासी र सुरक्षाकर्मीको सक्रियतामा घटनास्थल पत्ता लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप