दिल्लीबाट फर्केर प्रम ओलीले भने, ‘दुई देशबीचको सम्बन्ध सुधार गर्न भ्रमण सफल’
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको सम्बन्धमा केही समय तुसारो देखिए पनि अब त्यस्तो नहुने विश्वास व्यक्त गरेका छन् ।
मित्रराष्ट्र भारतको छ दिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा भारतले नेपालप्रति मित्रताको भावना प्रदर्शन गरेको आफूले पाएको बताए । केही समयदेखि उत्पन्न भएको दुई देशबीचको असझदारी हटाउन आफ्नो भारत भ्रमण पूर्ण सफल भएको बताउँदै प्रधानमन्त्रीले भने, “दुई देशबीचको सम्बन्ध सुधारका लागि हाम्रो भ्रमण सफल भएको छ ।”
उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति मो हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, सुरक्षा सल्लाहकार अजित डोभल, विभिन्न राजनीतिक दलका नेता र भारतीय बौद्धिक एवम् कूटनीतिक क्षेत्रसँगको छलफलबाट दुई देशबीचको सम्बन्धमा धेरै विषयमा प्रस्टता आएको र ती भेटहरु उपयोगी भएको जानकारी दिए ।
भ्रमणका क्रममा आफूले सन् २००१ मा गएको भूकम्पबाट क्षति भएको गुजरातस्थित भुजको पुनःनिर्माणको अवलोकनबाट आफूहरुमा उत्साह र आत्मविश्वास बढेको बताउँदै उनले भने,“ यसबाट धेरै ठूलो क्षति भएको स्थानमा पनि पुनःनिर्माण गर्न सकिन्छ भन्ने विश्वास हामीमा बढेको छ ।”
उनले भुजको भ्रमणमा नेपालीहरुप्रति त्यहाँका बासिन्दाले अत्यन्त सहानुभूति र असाधारण मैत्रीभाव प्रकट गरेको उल्लेख गर्दै त्यसप्रति उहाँहरुमा कृतज्ञता समेत व्यक्त गरे । नयाँ दिल्ली र मुम्बइमा रहँदा आफूले त्यहाँका व्यवसायी समूहलाई नेपालमा लगानी गर्न आह्वान गरेको बताउँदै चलचित्र कलाकारहरुलाई नेपालमा चलचित्र छायाङ्कन गर्न पनि आग्रह गरिएको जानकारी दिए ।
नेपालले पाउँदै आएको पारवाहन सुविधामा चार वटा ठाउँमा विस्तार भएको र पञ्चेश्वर विकास आयोजनाको संयुक्त बैठक छिट्टै बस्ने उनले बताए । आफूहरु मुम्बइमा रहँदा नेपालमा विमान दुर्घटना भएको थाहा पाएर अत्यन्त दुःखी भएको बताउँदै उनले पीडित परिवारप्रति सहानुभूति र समवेदना प्रकट गर्नुभयो । प्रधानमन्त्रीले भने, “अब हामी हाम्रो आकाशलाई अझ सुरक्षित बनाउने काममा लाग्नेछौँ ।” यही फागुन ७ गते भारतको भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलमा ४६ सदस्य थिए । भ्रमणदलको स्वागतार्थत्रिभुवन विमानस्थलमा सभामुख, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीलगायत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण