तारा एयरको दुर्घटनाबारे पाँच सदस्यीय जाँचबुझ आयोग गठन
काठमाडौँ, । सरकारले आज म्याग्दीमा तारा एयरको हवाइजहाज दुर्घटनामा परेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन ‘हवाई दुर्घटना जाँचबुझ आयोग’ गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको मन्त्रालय सचिव प्रेमकुमार राईले जानकारी दिए ।
आयोगका सदस्यमा नेपाली सैनिक विभागका इन्जिनियर दीपक बास्तोला, सिम्रिक एयरका वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला, नेपाल वायुसेवा निगमका क्याप्टेन सुवास रिमाल र मन्त्रालयका सहसचिव सुरेशमान आचार्य रहेका छन् । पोखराबाट आज बिहान ७ः५० बजे जोमसोमका लागि उडेर सम्पर्कविहीन तारा एयरको विमान दाना, सोलिघोप्टेको केगरबुटा भन्ने स्थानमा दुर्घटना हुँदा चालक दलका तीन सहित २३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाप्रति दुःख व्यक्त
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खोज तथा उद्धार समन्वय केन्द्रले पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । केन्द्रका महाप्रबन्धक देवानन्द उपाध्यायले विज्ञप्ति जारी गरी विमान दुर्घटनामा दिवङ्गत चालक दलका तीन सदस्यसहित २० यात्रुको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– “वायुयानमा कुल २० यात्रुमध्ये १८ वयस्क, दुई नाबालक थिए, वयस्कमध्ये १६ नेपाली तथा एक एक कुवेती र चिनियाँको मृत्युप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछाँै ।” केन्द्रले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आवश्यक प्राविधिक उपकरणसहित उद्धारका लागि परिचालन भइसकेको जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण