रकम बुझाएको १० बर्षमा पनि बलेन बिजुली
बिहीबार, १३ फागुन २०७२, १० : ०१
सोलुखुम्बु - जिल्लाको नेचा वेतघारी गाविसमा निर्माणाधीन सोलुखोला तुइनटार लघुजलविद्युत् आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ ।
विसं २०६३ मा निर्माण प्रक्रिया सुरु गरेको सो आयोजनाको काम २०६४ सालदेखि सुरु गरी विसं २०६७ सालमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।
करिब ६० प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै आउनुभएका आयोजनाका पूर्व अध्यक्ष हर्कमान राईले यसअघि नै सम्पन्न गरी बिजुली बाल्ने प्रतिबद्धता जनाए तापनि हालसम्म त्यसको कुनै सङ्केत नदेखिएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।
सहयोगी संस्था रिमरेकले गत जेठ महिनाभित्र आयोजनाको विद्युत् नबलेमा रकम फ्रिज गरिदिने चेतावनी दिएको भए तापनि बिजुली बल्न सकेको छैन । पुरानो समितिले काम गर्न नसकेको भन्दै नयाँ समिति परिवर्तन गरी स्थानीयवासी जसबहादुर राईको अध्यक्षतामा अर्को समिति गठन गरेको तर उक्त समितिले पनि कुनै काम अगाडि बढाउन नसक्दा आयोजना झनै अलपत्र परेको छ ।
यसअघि भएको सार्वजनिक सुनुवाइमा अध्यक्ष राईले विद्युत् आयोजनाको हालसम्मको आय रु ७३ लाख ५६ अजार ७५४ रहेको र रु ६५ लाख ६९ हजार २८८ खर्च भएको तथा १० लाख ८४ हजार ४६५ रुपैयाँ ५० पैसा मौज्दात रहेको बताए । पछिल्लो समय आर्थिक अनुदानसमेत थप भएको भए पनि कामले कुनै गति लिन सकेको छैन ।
पुरानो उपभोक्ता समितिले हेलिकप्टर चार्टर गरेर टर्वाइन ल्याउन नसक्दा बिजुली बाल्न नसकिएको बताएको थियो । स्थानीयवासीले आयोजनाको काम समयमा सम्पन्न नभएकोमा गुनासो गर्दै जसरी भएपनि चाँडै बिजुली बाल्न माग गरेका छन् ।
स्थानीयवासीले २०६४ सालमै प्रतिघर रु दुई हजार ५०० नगद र ११ दिन श्रमदान गरेको भए पनि वर्षौंसम्म बिजुली नबल्दा स्थानीय निराश बनेका छन् । एक सय किलोवाट क्षमताको सो आयोजनाबाट स्थानीयवासी करिब एक हजार १०० घरधुरी लाभान्वित हुने जनाइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण