मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नियम विपरीत बोनस वितरण नगर्न अर्थमन्त्रीको आयल निगमलाई निर्देशन

बिहीबार, १३ फागुन २०७२, १७ : ३४
बिहीबार, १३ फागुन २०७२

काठमाडौँ - नेपाल आयल निगमले नियम विपरीत कर्मचारीलाई बोनस वितरण गर्न लागेको जानकारी पाएपछि अर्थमन्त्रालयले त्यसो नगर्न कडा निर्देशन दिएको छ ।

बोनस ऐन, २०३० र बोनस नियमावली, २०३१ विपरीत व्यवस्थापनले बोनस बाँड्ने निर्णय गर्न लागेको थाहा पाएपछि अर्थमन्त्री विष्णु पौडेलले त्यसो नगर्न निर्देशन दिएको अर्थमन्त्रालय उच्च स्रोतले जनाएको छ ।

रु १२ अर्बभन्दा बढी सरकारको ऋण रहेको संस्थाले रु ९० करोडभन्दा बढी बोनस बाँड्न लागेको बताइन्छ ।

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयबाट आयल निगमका लागि सञ्चालक समिति सदस्यमा खटाइएका सदस्य सूर्य आचार्यमार्फत उक्त कार्य अगाडि नबढाउन आजै निर्देशन दिएका हुन् ।

आम उपभोक्ता इन्धन सङ्कटको चर्को अभाव बेहोर्न बाध्य भइरहेको समयमा बोनस वितरण गर्दा त्यसको नकारात्मक सन्देश जाने देखिएकाले अर्थ मन्त्रालयले त्यसप्रति रुष्ट देखिएको हो । निमगभित्रै केही कर्मचारीसमेत विद्यमान अवस्थामा बोनस वा अन्य कुनै पनि किसिमको सुविधा बाँड्न नहुने पक्षमा उभिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप