मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कमल थापाको उद्घोष : हिन्दू राष्ट्र कायम नभएसम्म विश्राम लिँदैनौँ

बिहीबार, १३ फागुन २०७२, १९ : ४४
बिहीबार, १३ फागुन २०७२

धनगढी - ‘सनातन धर्मको रक्षा, आजको राष्ट्रिय आवश्यकता’ भन्ने नाराका साथ राप्रपा नेपालको अगुवाइमा आज यहाँबाट हिन्दुत्व जागरण अभियान सुरु गरिएको छ । ‘संविधान निर्माणका क्रममा लिइएको जनमत विपरीत’ नयाँ सविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको विरोधमा पुनःनेपाललाई हिन्दू राष्ट्र कायम गर्न यो अभियान थालिएको आयोजकले जनाएको छ । यहाँ आज आयोजित हिन्दुत्व जागरण सभाको राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले उद्घाटन गर्दै विदेशीको दबाब र प्रभावमा परेर षड्यन्त्रपूर्वक ढङ्गले हिन्दू राष्ट्र नेपाललाई समाप्त गर्ने प्रयास गरिएको बताए । अध्यक्ष थापाले संविधानसभामार्फत बनेको नयाँ संविधानमा नेपाललाई हिन्दू राष्ट्र कायम राख्न राप्रपा नेपालले गरेको प्रयास सफल नभए पनि आफूहरुले हिन्दू राष्ट्र कायम नभएसम्म विश्राम नलिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप