मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अपडेट : तारा एयरको जहाज दुर्घटनामा मृतक १५ को सनाखत, १० वटा शव आफन्तले बुझे

बिहीबार, १३ फागुन २०७२, १९ : ४३
बिहीबार, १३ फागुन २०७२
पोखरा – तारा एयर जहाज दुर्घटनामा ज्यान गुमाएका २३ मध्य १५ जनाको सनाखत भएको छ । चालक दलका तीन सहित १५ जनाको सनाखत भएको र १० वटा शब आफन्तले बुझेका छन् । पहिचान भएको मध्य चालक दलका तीन जना पाइलट रोशन मानन्धर , कोपाइलट दिकेश नेमकुल , एयर होस्टेज रमा राउत र सिन्धुपाल्चोकका डोल्मा छिरिङ शेर्पाको शब आफन्तको बुझेर काठमाडौं लगेका छन् । त्यस्तै बालकृष्ण निउरेको शब आफन्तले बुझेर बाग्लुङ लगिसकेका छन् । पोखरा फुलवारी घर भई मुक्तिनाथ गाविसका सचिव मुक्तिनाथ वास्तोलाको शब पनि आफन्तले बुझेका छन् । मुस्ताङकी कमला थकालीको शब पनि आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । प्हिचान खुलेका ६ महिने वालिका, कुवेती नागरिक रसिद अहमद , नेपाली सेनामा कार्यरत राजकुमार तामाङ , स्याङजाका मोतीबहादुर केसी र पोखराका रेवती बरालको शब आफन्तले बुझ्न बाँकी छ । मुस्ताङका विनता भट्टचन उनका दुई महिने नावालक र कृष्णलाल भट्टचनको शब आफन्तले पहिचान गरी घटनास्थलबाटै बुझेका छन् । अब ८ वटा शबको पहिचान खुल्न बाँकी छ । पहिचान खुल्न नसकेकाहरुमा चिनियाँ नागरिक माक सुई याङ , दिलकुमारी गौचन, देवीजंग गुरुङ , फेनजोक गुरुङ , लक्ष्मी हिराचन, पवित्रा केसी, लेप्साङ लामा र कान्छा परियार छन् । कतिपय शबहरु जलेको अबस्थामा रहेकाले पनि पहिचान गर्न मुस्किल भएको हो । शब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । बुधवार विहान ७ बजेर ५० मिनेटमा पोखराबाट जोमसोमको उडेको तारा एयरको जहाज म्याग्दीको दाना २ सोलीघोप्टेभिरमा दुर्घटनाग्रस्त हुदा त्यसमा सवार सबैको ज्यान गएको हो । शुक्रवार सम्म पहिचान खुल्न नसकेका शब डिएनए परिक्षणको लागि काठमाडौं पठाईने पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोईरालाले जानकारी दिनुभयो । मृतकको शब एयर डाईनेष्टि हेलिकप्टर मार्फत पोखरा ल्याईएको हो । दुर्घटनामा भएको झण्डै ६ घण्टापछि घटनास्थल पुगेको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बुधवार दिनभर र विहिवार विहान शब संकलन गरी हेलिकप्टर मार्फत पोखरा ल्याईएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप