मेनपावरमा प्रहरी छानबिन स्वभाविक : मन्त्री बोहोरा
काठमाडौं – श्रम तथा रोजगार मन्त्री दिपक बोहोराले ठगीमा संलग्न बैदेशिक रोजगार व्यावसायी विरुद्ध प्रहरीले गरेको कार्वाही स्वभाविक भएको बताएका छन् । कानुनले दिएको अधिकार प्रयोग गरेर गरीएको प्रहरी कार्वाही स्वभाविक भएको प्रतिकृया दिएका हुन् । ‘पिडीतहरुको उजुरीका आधारमा छानविन गर्नु स्वभाविक हो’ मन्त्री बोहोराले रातोपाटीसंग भने ‘एउटा सरकारी निकायले ऐनले दिएको अधिकार प्रयोग गरेर छानविन गर्न पाउँछ ।’ विदेश पठाउने नाममा ठगी गरेको भन्दै प्रहरीले काठमाडौंका विभिन्न १७ म्यानपावरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएपछि व्यवसायीहरुले आन्दोलनको घोषणा गरिरहेको बेला मन्त्री बोहोराले यस्तो बताएका हुन् । व्यवासायीहरुले फागुन २२ गतेदेखि वैदेशिक रोजगारीमा कामदार पठाउन अनिश्चितकालका लागि स्थगित गर्ने घोषणा गरेका छन् । आधारमा म्यानपावरमा छापा मारी प्रहरीले कार्वाही अगाडी बढाएको हो । बैदेशिक रोजगारीमा जानेहरुको उजुरीका आधारमा विदेश पठाएर कामदारलाई अलपत्र परेका, नक्कली कागजपत्र बनाएर पठाउने काममा संलग्न भएका लगायत म्यानपावरविरुद्ध प्रहरीले कारबाही थालेको हो । कामदार पठाएबापत विदेशको कम्पनीले पठाउने बैंकिङ्ग माध्यममार्फत नल्याई हुण्डीमार्फत ल्याउने, त्यस्ता रकमको कर नतिर्ने लगायतका विषयमा पनि छानविन शुरु गरेको एसएसपी सर्वेन्द्र खनालले बताए । उनका अनुसार विदेश पटाउने नाममा ठगी गर्नेहरुलाई प्रहरी आफैंले कारबाही प्रक्रिया अगाडि बढाउने छ । अन्य आरोप लागेकालाई वैदेशिक रोजगार विभागमा पठाइने छ । शुक्रबार मन्त्रालयमा छलफल गरिने व्यवसायीले गरेको आन्दोलनका बारेमा शुक्रबार छलफल गरीने मन्त्री बोहोराले बताए । व्यवसायीले आन्दोलनका बारेमा बिहीबार पाँचबजे मात्रै मन्त्रालयमा पत्र बुझाएकोले यो विषयमा छलफल गरेर निश्कर्ष निकालिने उनको भनाई छ । ‘हामीकहाँ आज पाँचबजे मात्रै पत्र आएको छ’ मन्त्री बोहोराले रातोपाटीसंग भने ‘भोली हामी यसविषयमा छलफल गर्छौँ र के गर्ने भन्ने निष्कर्षमा पुग्छौँ ।’ मन्त्री बोहोराले यसअघि व्यवसायीहरुसंग ३० बुँदे सम्झौतापनि भएकोले त्यसको विषयमा पनि छलफल हुने बताए ।
अनिश्चितकालका लागि वैदेशिक रोजगारमा कामदार पठाउने प्रक्रिया स्थगित गर्ने व्यवसायीहरुको घोषणा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण