आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

साँझ मेघ गर्जनसहित पानी पर्ने सम्भावना

शनिबार, १५ फागुन २०७२, १८ : २३
शनिबार, १५ फागुन २०७२

काठमाडौँ– मनसुनको सुरुवाती चरण (प्रिमनसुन)सँगै स्थानीय वायुको प्रभावले मुलुकभरको मौसममा खराबी आएको छ ।उक्त वायुको प्रभावले खासगरी आज पूर्वी र पश्चिम पहाडी क्षेत्रमा बढी बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा सामान्य बद्ली भए पनि पूर्वी र पश्चिमी भेगमा बढी प्रभाव परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार आज साँझपख पूर्वी पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।

“पूर्वी र मध्य पहाडी भेगमा आइतबार र सोमबार अपराह्नपछि मेघ गर्जनसहित एक दुई स्थानमा पानी पर्ने सम्भावना देखिन्छ,”–रासससँग कुरा गर्दै मौसमविद् अर्यालले भने । पछिल्लो एक सातादेखि नेपालको मौसममा सामान्य खराबी आएको छ । बिहान वा दिउँसो केहीबेर घाम लागेपनि अपराह्नपछि मेघ गर्जनसहित बद्ली हुँदै आएको छ ।

सामान्यतः प्रिमनसुन मार्च महिनाबाट सुरु हुन्छ । अहिलेको मौसम गडबडी प्रिमनसुनको लक्ष्यण भएको मौसमविद्को भनाइ छ । यो बेला तापक्रम बढी स्थानीय वायु सक्रिय हुने हुँदा अपराह्नपछि मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहन्छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम २३ देखि २५ डिग्रीसेल्सियस रहेको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप