मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
‘आइटीवारमा एमाले पछि पर्याे’
आइतबार, ०३ साउन २०८३, १५ : १५
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटर ब्याज पीडितलाई सरकारले धोका दिएको बताएका छन्।
- उनले मिटरब्याज पीडितलाई सरकारले धोका दिएको र अर्थतन्त्र उकास्ने काम नभएको बताए।
- उनले आइटी क्षेत्रमा पछि परेको र प्रविधिको प्रयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटर ब्याज पीडितलाई फेरि सरकारले धोका दिएको बताएका छन्।
आइतबार पार्टी कार्यालयमा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।
‘मिटरब्याज पीडितलाई सरकारले धोका दिएको छ । अर्थतन्त्र उकास्ने काम भएको छैन’, ओलीले भने, ‘गरिबी निवारण गरेर जानुपर्ने ठाउँमा गरिबलाई डुबाउने काम भएको छ ।’
उनले आइटीवारमा एमाले पछि परेको भन्दै प्रविधिको प्रयोग गरेर अघि बढ्न सकेमात्र सफलतामा पुगिने बताए । ‘हामी आइटी क्षेत्रमा पछि परेका छौँ । ज्ञान दुई ढङ्गले प्राप्त गर्न सकिन्छ । एउटा गुरुको माध्यमबाट र अर्को आफ्नो मेहनत’, ओलीले भने,‘विना अभ्यास कुनै चिज पनि प्राप्त गर्न सकिँदैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण