आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

बलिउड अभिनेता सलमान र अभिनेत्री ज्याकिन मध्यरातमा चार घण्टा सँगै

आइतबार, १६ फागुन २०७२, ०७ : ५५
आइतबार, १६ फागुन २०७२

नयाँदिल्ली–जब कामको कुरा आउँछ, बलिउड अभिनेता सलमान खान दिन–रत भन्दैनन् । यही कुराको पुष्टी फेरि भएको छ । र, यो कुराको अहिले बलिउडमा चर्चा पनि भएको छ । कुरा के हो भने सलमानले फिल्मबारे कुरा गर्न आधा रातमा अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई घरमा बोलाए । र, ज्याकलिनलाई लिन सलमानको गाडी नै पुग्यो । यी दुई अभिनेता–अभिनेत्रीले यसअघि ‘किक’ फिल्मसँग काम गरिसकेका छन् । तर, सलमान–ज्याकलिनको यो भेटमा कसैले पनि फोटो खिच्न पाएनन् । चार घण्टा गफ गरेपछि सलमान आफैं ज्याकलिनलाई छोड्न गएका हुन् । यो सल्लाह ‘किक’को ‘सिक्वेल’का लागि हुनसक्ने अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप