सम्बन्ध विच्छेदपछि दाईजो मागेको अभियोगमा अभिनेत्री करिश्माले गरिन् प्रहरीमा उजूरी
करिश्मा कपूर र उनीबाट अलग भइसकेका पति सन्जय कपूरको डिभोर्स केशमा नयाँ मोड आएको छ । करिश्माले सन्जय र उनकी आमा रानी सुरिन्दर कपूरमाथि दाईजोका लागि प्रताडना दिएको आरोपमा प्रहरीमा उजूरी गरेकी छिन् । यसअघि सन्जयले करिश्मामाथि पैसाको लालचमा बिहे गरेको आरोप लगाएका थिए । – स्रोतका अनुसार यस साताको सुरुआतमा करिश्माले खार पुलिस स्टेशनमा मानसिक यातनाको गुनासो दायर गरेकी थिइन् । – निवेदन हेरेपछि प्रहरीले जाहेरी लिएको छ । – प्रहरीले दाईजोका लागि मानसिक यातना दिएको अभियोगमा सन्जय विरुद्ध जाहेरी लिएको छ ।
अर्की महिलासँग सँगै रहेको आरोप – करिश्माले सन्जय कपुर अर्कै महिलासँग सम्बन्धमा रहेको आरोप लगाएकी छिन् । – करिश्माका अनुसार बिहेपछि पनि पछिल्लो दुई वर्षदेखी सञ्जय अर्की एक महिला र उनका बच्चासँग बस्दै आएका छन् । – करिश्माले सन्जयले आफूमाथि १० लाख मागेको आरोप सन्जयले जि न्यूमार्फत लगाएको बताएकी छिन् । उनले उक्त रकम आफ्नो लागि नभएर सन्जय र आफ्नो तर्फबाट सन्तानका लागि मागेको बताएकी छिन् ।
२०१२ मै अलग भएका थिए सन्जय र करिश्मा २००३ मा करिश्माले सन्जय कपूरसँग बिहे गरेकी थिइन् । यो सन्जयको दोस्रो तथा करिश्माको पहिलो विवाह थियो । २०१२ मा उनीहरु अलग भएपछि करिश्मा आफ्नी आमा बबितासँगै मुम्बईमा बस्दै आएकी छिन् । अहिले मु्म्बईको बान्द्रास्थित फेमिलि कोर्टमा उनीहरुको सम्बन्ध विच्छेदको मुद्धा चलिरहेको छ । गत नोभेम्बरमा दुबैजनाले फेमिलि कोर्टमा सम्बन्ध विच्छेदका लागि हालेको मुद्धा फिर्ता गरिएको थियो करिश्माका अनुसार सन्जयले डिर्भोसअघि गरेको आर्थिक प्रतिवद्धता पुरा गरेनन् । सन्जयले मुम्बईको बान्द्रामा गत डिसेम्बरमा फेरि सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराएका छन् । तर पछिल्लो समय सन्जय आफैँले डिभोर्सको मुद्धा मुम्बईबाट दिल्ली सार्नका लागि सर्वोच्च अदालतमा निवेदन दिएका छन् । उनले मुम्बई जानु आफ्ना लागि खतराको विषय रहेको र अन्डरवल्र्ड डन रवि पुजारीले यस मामिलाका कारण ज्यान मार्ने धम्की दिएको बताएका छन् । उनले यस विषयमा दिल्ली प्रहरीमा पनि जाहेरी दर्ता गराएका छन् । सर्वोच्च अदालतले सन्जयको निवेदन स्विकार्दै दिल्ली पुलिससँग रिर्पोट मागेको थियो । अन्डरवल्र्डको धम्कीका विषयमा भने करिश्माले अहिलेसम्म कुनै धारणा बाहिर ल्याएकी छैनन् ।
सञ्जय र करिश्माका दुई बच्चा समायरा र कियान हुन् । बच्चालाई कसले पाल्ने भन्ने विषय र डिभोर्स केस अहिले अदालतमै थन्किएको छ । सञ्जयले करिश्माले ऐश आरामका लागि मात्रै आफूसँग बिहे गरेको आरोप लगाइसकेका छन् । उनले करिश्मा राम्री श्रीमती र बुहारी बन्न असफल रहेको आरोप लगाएका छन् । उनले पैसा असूल्नका लागि करिश्माले बच्चाहरुको प्रयोग गरेको र आफ्ना बिरामी बाबुलाई समेत बच्चा भेट्न नदिएको आरोप लगाएका छन् । सन्जयका अनुसार बच्चा भेट्ने प्रतिक्षामा रहेका उनका बाबुको ६ महिनाअघि निधन भयो ।
सञ्जयको आरोपपछि रुष्ट बने करिश्मा बाबु करिश्माका बाबु तथा पूर्व बलिउड अभिनेता रणधीर कपूर सन्जय कपूरको आरोपपछि रुष्ट बनेका थिए । उनले कसैको पैसाका लागि आफ्नी छोरीले बिहे नगरेको बताउँदै भनेका थिए –‘सन्जय थर्ड क्लासका मानिस हुन् । मैले कहिल्यै करिश्माले उसँग बिहे गरोस् भन्ने चाहिन ।’
को हुन् सन्जय कपूर – सन्जय कपूर सोना मोबिलिटी सर्भिस लिमिटेडका सिईओ हुन् । यो सोना ग्रुपकै एक समूह हो । – उनी सोना कोयो स्टीयरिंग सिस्टम्स लिमिटेडका उपाध्यक्ष समेत हुन् । यो एक बहुराष्ट्रिय कम्पनी हो । यसको भारतमा १६ प्लान्ट, जर्मनीमा ३ तथा अमेरिकामा १ प्लान्ट छ । – सन्जयको नाम अहिले मोडल प्रिया चटवालसँग जोडिएको छ ।
कोसँग जोडिएको छ करिश्माको नाम सन्जयसँग अलग भएपछि करिश्मा सन्दीप तोश्नीवालसँग नजिक छिन् । सन्दीप एक फार्मास्युटिकल कम्पनीका सिईओ हुन् । सन्दीप विवाहित पूरुष हुन् । उनकी श्रीमती अश्रिता एक डेन्टिस्ट हुन् । स्रोतका अनुसार सन्दीप श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न चाहन्छन् । तर अश्रिता त्यसका लागि तयार छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
-
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
-
अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र
-
लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण