झाडापखालाले दैलेखमा थप २ बालकको मृत्यु
दैलेख– दैलेखको पश्चिममा पर्ने लयाँटिविन्द्रासैनी गाविसमा झाडापखालाका कारण २ बालकको मृत्यू भएको छ । शुक्रबार केशव नेपालीका ६ महिनाका छोरा र टोपबहादुर शाहीका साढे २ वर्षका छोरा विकास शाहीको मृत्यु भएको हो । नेपालीका छोराको गएराति उपचारको लागी सुर्खेत लैजाँदै गर्दा कर्णाली राजमार्गको पाली भन्ने ठाउँमा ज्यान गएको स्थानीय बासिन्दा रुद्रबहादुर शाहीले जानकारी दिए । यस्तै अन्य विरामी बालबालिकाको सुर्खेतको देउति नर्सिङ होममा उपचार भैरहेको र किरण चौलागाईका ८ महिनाका छोराको जिल्ला अस्पताल दैलेखमा उपचार भैरहेको जिल्ला अस्पताल दैलेखका कार्यालय प्रमुख डा। निर्मल रसाईलीले जानकारी दिए । झाडापखालाका १० जना भन्दा वढि विरामीको स्थानीय पादुका मेडिकल लयाँटिविन्द्रासैनीमा उपचार भैरहेको छ । स्वास्थ्य चौकीबाट उपचार तथा परामर्श नपाएको भन्दै स्थानीय बासिन्दा आक्रोशीत भएका छन् । फागुनको पहिलो हप्तामा पश्चिमको गाविस लकान्द्र र तोलीजैसीमा फैलिएको झाडापखलाबाट ३ बालकको मृत्यू भएको थियो भने १८ जना बिरामी परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
-
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
-
अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र
-
लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण