अन्तरिक्षमा एक वर्ष बिताएर फर्किए दुई वैज्ञानिक
बुधबार, १९ फागुन २०७२, १६ : १९
अमेरिका–अमेरिकाका स्कट केली र रुसका मिखाइल कोनीइन्को अन्तरिक्षमा १ वर्ष बिताएर पृथ्वी फर्किएका छन् । अन्तरिक्षमा ३ सय ४० दिन बिताउनु भनेको पृथ्वीमा दुई वर्ष बिताउनु सरह हो ।
शरिरमा लामो दूरीका स्पेसफ्लाईटको असरका सम्बन्धमा अध्ययन गर्ने क्रममा उनीहरुले यति लामो समय अन्तरिक्षमा बिताएका हुन् । दुई वैज्ञानिकहरुलाई बोकेर सर्जी भोल्कोभको अन्तरक्षिय यानले काजाकिस्तानमा स्थानीय समयअनुसार ४ बजेर २६ मिनेटमा अवतरण गरको थियो ।
आईएसएसले गरेको यो किर्तिमानी मिसनपछि केलीले ५ सय २० दिन अन्तरिक्षमा बिताउने कीर्तिमान बनाए । उनले यस क्रममा चार पटक फ्लाईट गरेका छन् । यस मिसनका कमान्डर केलीले मिसन समाप्तिपछि कुराकानी गर्दै शारिरीक रुपमा निकै खुसी लागेको बताए ।
तर, पृथ्वीका मानिसहरुसँग झन्डै एक वर्ष सम्पर्कविहिन हुनुपर्दा निकै पिडा भएको प्रतिक्रिया उनले दिए । काजकिस्ताबाट कमाण्डर केली अमेरिकाको होउस्टोन प्रस्थान गर्नेछन् । नासाले यस मिसनलाई कुनै दिन मंगलग्रहमा मानिस पठाउने लक्ष्यका साथ सञ्चालन गरेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण