शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विद्यार्थीद्वारा पाटन क्याम्पसमा तोडफोड

आइतबार, २३ फागुन २०७२, १६ : ००
आइतबार, २३ फागुन २०७२

ललितपुर  - क्याम्पसले मनपरी शुल्क असुलेको भन्दै  भन्दै पाटन संयुक्त क्याम्पसमा विद्यार्थीले क्याम्पस तोडफोड गरेको छन् ।

तोडफोड गर्नेमा एमएस्सी दोस्रो समेस्टरका विद्यार्थीहरु रहेका छन् ।

विद्यार्थीले तोडफोडबाट क्याम्पसको  दुई कोठामा क्षति पुगेको छ भने कार्यालयका रहेका टेबुल, कुर्सी, दराजलगायत केही महत्वपुर्ण कागजातमासमेत क्षति पुगेको क्याम्पस प्रशासन जनाएको छ ।  तर विद्यार्थीहरुले भने तोडफोडमा आफूहरुको कुनै संलग्नता नभएको  दाबाी गर्दै आफूहरुलाई बद्नाम गराउँन क्याम्पसले नै गुण्डा परिचालन गरेर तोडफोड गराएको आरोप लगाएको छ ।   उनीहरुले क्याम्पसले ठूलो चलखेल गरेको समेत आरोप लगाएका छन् ।

माग पुरा नगरेको प्रतिफल विद्यार्थी पाटन संयुक्त क्याम्पसमा एमएस्सी दोस्रो समेष्टरका विद्यार्थी राजन काफ्लेका अनुसार विद्यार्थीहरुले एक महिना अगाडी नै क्याम्पस प्रशासनमा ८ बुँदे माग राखेका थियो । तर, मागहरुको कुनै सुनवाई नै भएपछि आजको घटना भएको उनले जानकारी दिए । उनले क्याम्पस प्रशासनले विना जानकारी पटकपटक प्रयोगात्मक कक्षा सञ्चालन नगर्ने गरेको आरोप लगाए । यस्तै क्याम्पस प्रशासनले कुनै शिर्शकनै नछुट्याई मनोमानी रुपमा शुल्क असुल गरेको पनि एक विद्यार्थीले रातोपाटीलाई बताए ।

यस्ता छन् विद्यार्थीका मागहरु

विद्यार्थीहरुले कक्षा सञ्चालन भर्ना र मासिक शुल्क समायोजन नगरी कक्षा सञ्चालन गरिएको आरोप लगाएका छन् । उनीहरुले आवश्यक प्रयोगात्मक सामाग्री ब्याबस्थापन गनुपर्ने, प्रयोगात्मक सामाग्रीमा अबस्यक पर्ने उर्जा उपलब्ध गराउनु माग अघि सारेका छन् । त्यस्तै अध्यायनमा आवश्यक पर्ने पाठ्यपुस्तक समयमै उपलब्ध गराउनु पर्ने उनीहरुको माग रहेको छ । त्यसको साथै छात्रबृत्तिको व्यवस्था गर्र्नुपर्ने, पहिलो सेमेष्टरमा भएको आयब्याय देखाउनु पर्ने, क्याम्पसले लिँदै आएको धरौटी कटौती गर्ने पर्ने र क्याम्पसले लिँदै आएको मासिक र भर्ना शुल्कमा समायोजन गर्नु पर्ने माग उनीहरुले सारेका छन् । विद्यार्थीले तोडफोेड गरेर गलत गरे : क्याम्पस प्रमुख

क्याम्पस प्रमुख गौतम भने पेट्रोलियम पदार्थ अभावले प्रयोगात्मक कक्षा हुन नसकेको बताउँछन् । ‘छलफल गरेर समस्या हल गर्नुपर्ने थियो तर यस्तो अबस्थामा विद्यार्थीले लोडफोेड गरेर गलत काम गरे,’ उनले भने । विधार्थीका जायज मागहरु तत्काल सम्बोधन हुने तर केही मागहरु भने त्रिविबाटै पूरा गरिनुपर्ने भएका हुँदा समस्या देखिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप