शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पशुपतिनाथमा ‘बम बम भोले !’ (फोटोफिचर)

आइतबार, २३ फागुन २०७२, १७ : ३५
आइतबार, २३ फागुन २०७२

काठमाडौं – महाशिवरात्रीको पूर्वसन्ध्यामा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा साधुहरुको भिड लागेको छ । पशुपतिनाथ मन्दिरपरिसर र वनकालीमा जोगी सन्यासी र बाबाहरु धुनी जगाउँदै गाँजा, भाङ र धतुरो तानेर ‘जय भोले’ भन्दै चिच्याइरहेका भेटिन्छन् ।

हिन्दु धर्मालम्बीहरुले शिवको आराधना गरेर मनाउने शिवरात्रीमा भारतलगायत विभिन्न देशहरुबाट भक्तजनहरु तिर्थ भर्न आउने गर्दछन् भने संसारका धेरै देशहरुबाट अन्य धर्मालम्बीहरु पनि साधुहरुको जनजीवन अवलोकनका लागि पर्यटकका रुपमा आइरहेका हुन्छन् । साथै शिवरात्रीमा गाँजा तान्न युवायुवतीहरु पनि तँछाडमछाड गर्दै पशुपतिको बनकाली पुग्छन् ।

हरेक वर्ष पशुपतिमा भारतका विभिन्न धार्मिक पिठहरुबाट तिर्थ भर्न आउने साधुहरुलाई सरकारले दक्षिणासहित बिदा गर्ने चलन छ । साथै साधुहरुका लागि बनकालीमा शिवरात्रीभर खान बस्न र धोनी जगाउनका लागि लाग्ने सबै खर्च सरकारले व्यहोर्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप