शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इरानका अर्बपतिलाई मृत्युदण्डको सजाय

आइतबार, २३ फागुन २०७२, १८ : ०८
आइतबार, २३ फागुन २०७२

तेहरान – भ्रष्टाचारको आरोप लागेका इरानका एक अर्बपति व्यापारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बबाक जनजानी नाम गरेका ती व्यापारीलाई अर्बौं रकम भ्रष्टाचार गरेको आरोपमा मृत्युदण्ड सुनाइएको बिबिसीले जनाएको छ । तेल बेचेर विभिन्न कम्पनीबाट जनजानीले अनाधिकृत रुपमा अर्बौं रकम कमाएको आरोपमा उनलाई सन् २०१३ को डिसेम्बरमा पक्राउ गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै अदालतका प्रवक्ताले जनजानी आर्थिक अनियमिततामा दोषी पाइएको जानकारी दिए । उनीसँगै अन्य दुई जनालाई पनि मृत्युदण्डको सजाय सुनाउनुका साथै सबैलाई भ्रष्टाचारको रकम फिर्ता गर्न आदेश सुनाइएको छ । इरानकै धनी व्यक्तिहरुमा गनिने जनजानीलाई तेलमा प्रतिबन्ध लागेको बेला त्यसलाई छल्न इरानलाई सहयोग गरेको आरोपमा अमेरिका र युरोपियन युनियनले समेत कालोसूचीमा राखेको थियो । उनले युएई, टर्की र मलेसियामा रहेको वेभ कम्पनीको माध्यमबाट करोडौं ब्यारेल तेल बेच्ने गरेका थिए । पक्राउ पर्नुअघि उनले १.२ बिलियन डलर सरकारलाई तिर्नुपर्ने रहेको तर कालोसूचीमा रहेका कारण पैसा दिन नसकिरहेको बताएका थिए । जनजानीको सम्पत्ति १३.५ बिलियन डलर बराबर रहेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप