महाधिवेशनले भृकुटीमण्डप वरिपरीको व्यापार ‘चकाचक’
काठमाडौं – कांग्रेसको तेह्रौ महाधिवेशनका कारण भृकुटीमण्डपमा संचालीत चिया तथा खाजा पसलको ब्यापार चम्किएको छ । तिन दिन देखी राजधानीको भृकुटीमण्डपमा जारी महाधिवेशनका कारण भिडभाड बढेसँगै भृकुटीमण्डपमा संचालित होटल तथा चिया पसलको ब्यापार ह्वात्तै बढेको ब्यापारीहरले बताएका छन् ।
भिडभाडका कारण धेरैजसो होटलहरुले चिया, चिसो तथा खाजाको पैसा अग्रिम लिएरमात्र सर्भ गर्ने गरेका छन् । ‘सास फेर्ने फुर्सद नै छैन’ राजमती कोल्ड स्टोरकी सञ्चालिकाले भनिन्, ‘कहिलेकाँही मान्छे नहुँदा टेन्सन हुन्छ, अहिले मान्छे धेरै भएर सास फेर्न पाएका छैनौं ।’
भृकुटीमण्डपभित्र संचालित शितल छायाँ करिना मःम सेन्टर, जिपी खाज घर लगायतका दुई दर्जनभन्दा बढी खाजा घरहरुमा तीन दिनदेखि पाईलो हाल्ने ठाउँ छैन । महाधिवेशनमा आएका प्रतिनिधी, कांग्रेसका शुभचिन्तक, कार्यकर्ता, सुरक्षाकर्मी लगायका ब्यक्तिहरुले खचाखच भरिएको महाधिवेशनस्थल सोमबारबाट खाली हुनेछ । आईतबार साँझ कांग्रेसको मतदान सकिएपछी सभापतीको मतगणना राष्ट्रिय सभागृहमै हुनेछ । यदि पहिलो चरणमा कुनैपनि सभापतीका प्रत्यासिले ५१ प्रतिशत कटाउन नसके दोस्रो चरणको मतदान हुनेछ । यदि मतदान दोस्रो चरणमा गए भृकुटीमण्डपको ब्यापार अझै चम्किने छ ।
‘आजभोली ब्यापार निकै राम्रो छ’ मनकामना कोल्ड स्टोरका संचालकले भने, ‘दैनिक पचास हजार भन्दा माथि नै ब्यापार हुन थालेको छ, पहिले ८–१० हजार मात्रै हुन्थ्यो ।’ फुटपाथमा कपडा बेच्दै आएका सुमन बस्नेतले तिन दिन भृकुटीमण्डपमा सोडापानीको ब्यापार गरे । ‘राम्रो ब्यापार भयो’ सुमनले भने, ‘दैनिक पाँच हजार भन्दा बढीको ब्यापार भएको छ ।’
सोडापानी मात्र हैन, भृकुटीमण्डप बाहिरको सडकमा पान÷पराग र चना चटपटेको ब्यापार पनी चम्किएको छ । दोलखाकी रेखा कार्कीले महाधिवेशनभर आर आर क्याम्पस अघिल्तीर चनाचटपटे, बदाम, केराउ र मकै बेचिन् । ‘यो बर्ष सवैभन्दा धेरै कमाई भएकाो यहि तीन दिन होला’ कार्किले भनिन्, ‘खुसी लाग्यो ब्यापार राम्रो भयो ।’ सिंहदरबार मुलगेटसँगैको राष्ट्रिय बाणिज्य बैंक नजिकै फलफुल बेच्दै आएका भोला शाह भिडभाड देखेर फलफुल ब्यापारका लागी भृकुटीमण्डप पुगेका थिए । ‘राम्रो ब्यापार भयो,’ उनले भने, ‘आज मात्रै ५ हजारको ब्यापार भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण