हावाहुरीले बुथ पल्टाएपछि काँग्रेस निर्वाचन प्रभावित, बैधानिक रुपमा मतदान सकियो
काठमाडौं – काँग्रेस केन्द्रिय कार्यसमिति को निर्वाचनका क्रममा हावाहुरीले मतदान स्थल पल्टाएपछि मतदान कार्य प्रभावित भएको छ । लाईनमा बसेका सबै मतदाताले नाम रुजु गराई पदाधिकारीलाई मतदान गरिसकेपछि अचानक हावाहुरीले बुथ पल्टाएपछि मतदान प्रभावित भएको हो । निर्वाचन कार्यालयले भने दर्तास्थलबाट ३ हजार १ सय ४८ जनाले मतपत्र लिएकोले बैधानिक रुपमा मतदान प्रकृया सकिएको जनाएको छ । ‘नामदर्ता गरीसकेपछि बैधानिक रुपमा मतदान सम्पन्न भयो, पदाधिकारीलाई भोट हालिसकेर केन्द्रिय सदस्यको मतदान गर्दै गर्दा हावाहुरी आएकोले केही बाँकी हुनुुहुन्छ,’ निर्वाचन समितिका सचिव प्रदिप पराजुलीले भने ‘प्राविधीक समस्यालाई समाधान गर्दैछौँ ।‘
केन्द्रिय सदस्यका उम्मेदवार रामचन्द्र खड्काका अनुसार पदाधिकारीको मतदान सकिईसकेको छ । खुल्ला, समावेशी र प्रदेशका सदस्यहरुको लागि मदतान गर्न एकसय भन्दा बढी प्रतिनिधी बाँकी छन् । हावाहुरीका कारण बुथ पल्टिँदा ४ जना सामान्य घाइते छन् । सभाषद दिपक गिरी, रामदयाल यादव, सिर्जना अधिकारी र सविना राई मतदान गर्ने क्रममा बुथ पल्टिएपछि च्यापिएर घाईते भएका हुन् । झापाका गणेश पोखरेलले मतपेटिका पटाउँर्दै गर्दा बुथ ढलेपछि भागाभाग भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण