नेपालको संविधान उत्कृष्ट छ : भारतका प्रधानन्यायाधीश
काठमाडौँ -पाँच महिनाअघि जननिर्वाचित संविधानसभाले जारी गरेको नेपालको संविधानलाई भारतका प्रधानन्यायाधीश टि एस ठाकुरले उत्कृष्ट दस्तावेजको सङ्ज्ञा दिएका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लको १३औँ सम्मेलन र सार्क राष्ट्रका प्रधानन्यायाधीशहरूको १०औँ सम्मेलनमा आज साँझ यहाँ समापन मन्तव्य व्यक्त गर्दै उनले सार्वजनिक रुपमा त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘‘शान्ति, स्वतन्त्रता, सामाजिक न्याय, स्वतन्त्र न्यायपालिकालगायत नेपाली जनताका भावना र चाहना समेटिएको नेपालको संविधान ज्यादै प्रेरणाप्रद छ’’ भने ।
लोकतन्त्र, धर्म निरपेक्षता, समानता, न्यायपालिकाको स्वतन्त्रताजस्ता विषयलाई छाडेर अन्य मुद्दामा संविधान संशोधन गर्न सकिने भारतको अनुभव सुनाउँदै उनले नेपाली जनताको इच्छानुसारको संविधान जारी हुनु ठूलो उपलब्धि भएको बताए ।
“भारतमा संविधान जारी भएको ६६ वर्ष भइसक्यो र त्यसमा १०० पटक संशोधन भइसकेको छ,”– संविधान अपरिवर्तनीय दस्तावेज नभएको दृष्टान्त प्रस्तुत गर्दै उनले भने ।
बङ्गलादेशका प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हाले पनि नेपालको संविधानलाई उत्कृष्ट भन्दै त्यसको स्वागत गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण