शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

आइतबार, २३ फागुन २०७२, १९ : २९
आइतबार, २३ फागुन २०७२

बागलुङ बजार - पर्वतको मालढुङ्गामा मोटरसाइकल र बस एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पर्वतको कुस्मा बजारबाट बागलुङबजार आउँदै गरेको ग१प ३९९७ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१ख ४०९० नंको बस मालढुङ्गामा आज बिहान १० बजे एक आपसमा ठोक्किँदा बागलुङ नगरपालिका–४ का मोटरसाइकल चालक चन्द्रप्रकाश शर्माको मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार पैँयुथन्थापकी दुर्गा मल्ल गम्भीर घाइते भएकी छन् घाइतेको थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप