श्रीमीतको हत्या अभियोगमा प्रहरी नायब निरीक्षक पक्राउ
काठमाडौँ - काठमाडौँ महानगरपालिका खुसिँबु डेरा गरी बस्ने सङ्गीता थापा ९पाण्डे० शनिबार मृत अवस्थामा फेला परेपछि प्रहरी नायब निरीक्षक रहेका उनका श्रीमान् युवराज पाण्डेलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ ।
गोर्खा फुजेल–१ घर भएकी २७ वर्षीया थापा शनिबार बिहान ढोका ढक्ढकाउँदासमेत नउठेको भन्ने जानकारीका आधारमा महानगरीय वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको रोहवरमा ढोका फोरेको थियो ।
ढोका फोरी हेर्दा कोठाको खाटमा ब्लाङ्केट ओडेका अवस्थामा नाक र मुखबाट फिँज आई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अञ्चल प्रहरी कार्यालय लुम्बिनी दरबन्दी भई इलाका प्रहरी कार्यालय बेथरी, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकोे छ ।
मृतकका आफन्तले पाण्डेको हत्या भएको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आज सोह्रखुट्टे क्षेत्रमा प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण