महन्थ ठाकुरदेखि मिनेन्द्र रिजालसम्मलाई दिल्लीको निम्तो
काठमाडौ—संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेतासहित कमल थापा, मिनेन्द्र रिजाल, शंकर पोखरेललगायतका नेता दिल्ली एक कार्यक्रमका लागि दिल्ली जाने भएका छन् । चैत्र १ गते दिल्लीमा हुने ‘नेपाल भारत मैत्री सम्बन्ध अवसर र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा भाग लिन जाने भएका हुन् । नेपाल भारत महिला मैत्री समाजको आयोजनामा हुन लागेको कार्यक्रममा मधेशी मोर्चाआवद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो जाँदैछन् भने नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, एमालेका शंकर पोखरेल, नेपाल शक्ति अभियानका खिमलाल देवकोटा, नागरिक समाजका तर्फबाट दमननाथ ढुगांना र विजयकान्त कर्ण पनि जाने भएका छन् । कार्यक्रममा भारतका नेताहरु पनि रहनेछन् तर हालसम्म ती नेताहरु निश्चित नभएको समाजका अध्यक्ष चन्दा चौधरीले बताइन् । कार्यक्रममा भारतीय नेताहरु को–को सहभागि हुने कुरा मार्च १० तारेखमा कन्फर्म हुने बताइएको छ । चन्दा चौधरी तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पनि हुन् । चौधरीले आफूले मात्र यो कार्यक्रम आयोजना गरेको भनेपनि यसमा विदेश मन्त्रालयको पनि सहयोग रहेको बताइएको छ । स्रोतका अनुसार देशको वर्तमान राजनीतिक अवस्थाको बारेमा नेताहरुसँग छलफल गर्नुपर्ने भएकाले भारतले समाजको मार्फत नेताहरुलाई बोलाउन लागेको हो । खासगरि हिन्दु राष्ट्रको बारेमा भारतले नेपालका नेताहरुसँग कुराकानी गर्ने बताइएको छ । यद्यपि यो कुरा चौधरीले अस्वीकार गर्दै भनिन्, यो विशुद्ध नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउन गर्न लागिएको कार्यक्रम हो । ‘हिन्दु राष्ट्रका लागि वा केका लागि भइरहेको चर्चा गलत हो । यस्तो हल्ला भइरहन्छ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण