काँग्रेसका मनोनित प्रतिनिधिले भोट हाल्न नपाउने, केहीबेरमा मतगणना शुरु हुँदै
समितिले भर्खरै गरको पत्रकार सम्मेलनमा समितको निर्णय सुनाउँदै समितिका सचिव प्रदिप पराजुलीले भने ‘यस अघि सभापतिले मनोनित गरका सदस्यहरुले भोट हाल्ने परम्परा रहेकाले आगामी दिनमा विधानको बाधा अड्काउ फुकाउने अधिकारका प्रयोग गर्दै प्रष्ट व्यवस्था गर्नका लागि केन्द्रिय समितिमा लेखि पठाउन निर्णय गरेका छौँ ।’ समितिका अनुसार काँग्रेसको बिधानको धारा २ को ‘ङ’ बमोजिम मनोनित सदस्यले भोट हाल्न पाउने नपाउने विषयमा प्रष्ट खुलेको छैन । मनोनित सदस्यहरुले आफूहरुले महाधिवेशनमा भाग लिएकोले मतदान पनि गर्न पाउनुपर्ने भन्दै निवेदन दिएका थिए । मनोनित सदस्यहरु महाधिवेशनको अरु प्रकृयामा सहभागी हुन पाउने तर मतदान गर्न पाउने÷नपाउने नखुलेको भन्दै समितिले उनीहरुको जिकीर सहि नभएको निर्वाचन समितिले जनाएको छ । तर समितिको यो निर्णयमा समितिकै सदस्य गोपालकृष्ण घिमिरेले फरक मत राखेका छन् ।
--------------------------यसअघि, मनोनित प्रतिनिधीले केन्द्रिय समिति निर्वाचनमा भोट हाल्न नपाएको विषयले काँग्रेसमा संस्थापन र देउवापक्षवित तिव्र बिबाद चुलिएको थियो । बिधानअनुसार सभापतिले मनोनित गरेका ३० जना प्रतिनिधीलाई मतदान गर्नका लागि निर्वाचन समतिले रोकेपछि विबाद चुलिएको थियो । बिबादपछि संस्थापन पक्षले ३० जनाले मतदान गर्न नपाए मतगणना कार्य अगाडी बढ्न नदिने र अदालत जाने बताएका थिए । ‘बन्द सत्रमा सहभागी भएर महाधिवेशनका अन्य सबै प्रकृयामा भाग लिनेले मतदान गर्न नपाउने भन्ने कसरी हुन्छ’ संस्थापन निकट एक नेताले भने ‘उहाँहरुलाई भोट हाल्न नदिएसम्म मतगणना रोकिन्छ, हामी अदालत जान्छौँ ।’ काँग्रेसको विधान अनुसार निर्वाचित सभापतिले ३० जना महाधिवेशन प्रतिनिधी मनोनित गर्ने व्यवस्था छ । तत्कालिन सभापति स्व.सुशिल कोईरालाले उनीहरुलाई मनोनित गरेका थिए । मनोनित प्रतिनिधीले बन्दसत्रमा भाग लिएर नीति कार्यक्रम लगायतका प्रतिबेदनमा छलफमा सहभागी भईसकेको तर मतदान मात्र गर्न नदिएको संस्थापन पक्षको भनाई छ । तर देउवापक्षका महामन्त्रीका उम्मेदवार अर्जुननरसिँह केसीले भने मनोनित प्रतिनिधीको अन्तिम मतदाता नामावलीमा नाम नै नभएकोले भोट हाल्न नपाउने बताएका छन् । ‘अन्तिम मतदाता नामाबली प्रकाशनको बेला उहाँहरुले दावी नगर्ने अनि अहिले बिबाद गरेर कहाँ हुन्छ?’ उनले भने ‘मतदाता नामावलीमा नाम नै नभएको व्यक्तिले कसरी भोट हाल्ने ? ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण