इन्धन आयात बढ्यो, बिहानैबाट बाँड्दा सहज
आइतबार, २३ फागुन २०७२, २१ : ३६
काठमाडौँ, । नेपाल आयल निगमले आजदेखि लागू गरेको बिहानबाटै इन्धन वितरण गर्ने प्रणालीको सुरुवात गरेपछि उपभोक्ताले सहजरुपमा इन्धन प्राप्त गरेको अनुगमनको क्रममा फेला परेको छ ।
निगमले आज राजधानीका विभिन्न पेट्रोल पम्पमा गरेको अनुगमनको क्रममा बिहान ७ बजेदेखि नै इन्धन बिक्री वितरण सुरु गर्दा अन्य दिनमा भन्दा सहजरुपमा उपभोक्ताले इन्धन भर्न पाएको देखिएको हो ।
निगम प्रवक्ता मुकुन्द घिमिरेले अन्य दिनमा साँझमा मात्रै इन्धन वितरण गर्दा अनियमितता भएको र केही टाठा–बाठाले मात्रै इन्धन पाएको गुनासोको समेत अन्त्य हुने जानकारी दिए ।
उपलब्ध भएको इन्धनको सहज वितरणका लागि निगमले सबै उपाय अवलम्बन गरेको जानकारी दिँदै प्रवक्ता घिमिरेले उपभोक्ताले सहजरुपमा इन्धन प्राप्त गरुन् भन्ने निगमको मनसाय रहेको बताए ।
हाल वीरगन्ज नाकाबाट दैनिक २२ लाख लि इन्धन आयात भएको छ । उहाँले पछिल्ला दिनदेखि केही मात्रामा ‘लोडिङ’ बढाएको र केही दिनभित्रै इन्धन आयात सामान्य अवस्थामा पुग्ने र बजार सामान्य अवस्थामा पुग्ने उल्लेख गरे । प्रवक्ता घिमिरेले पछिल्लो दिनमा भारतले खाना पकाउने ग्यासको समेत लोडिङ बढाएको छ ।
दैनिक औसतरुपमा ५० बुलेट ग्यास आयात भइरहेको छ । सामान्य अवस्थामा दैनिक ६० बुलेट ग्यास आयात हुने गरेको थियो । निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले केही दिन पहिले गर्नुभएको भारत भ्रमण र भारतका पेट्रोलियम राज्यमन्त्री धर्मेन्द्र प्रधानसँग गरेको द्विपक्षीय छलफलपछि आयात केही मात्रामा बढेको घिमिरेको भनाइ छ ।
ग्यास आयात क्रमशः बढ्दै गएको अवस्थामा आगामी १५ दिनभित्रै सहजरुपमा ग्यास वितरण गर्न सकिने उनको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र आपूर्ति मन्त्रालयको आवश्यक निर्णयपछि निगमले इन्धन वितरणलाई सकेसम्म सहज बनाउने प्रयास गरिरहेको जानकारी दिँदै प्रवक्ता घिमिरेले सरकारले तीन दिनको सार्वजनिक बिदामा समेत सहजरुपमा सबै पेट्रोल पम्पबाट इन्धन वितरण गर्ने उल्लेख गरे ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पेट्रोल पम्पबाट २४ सै घन्टा इन्धन वितरण गरिने र दिउँसोको समयमा इन्धन नपाउनेले रातिको समयमा भर्न पाउने गरी व्यवस्था गरिएको निगमको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण