शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यी हुन् मतदान गर्न नपाउने कांग्रेसका तीस प्रनिनिधि (सूचिसहित)

आइतबार, २३ फागुन २०७२, २२ : २५
आइतबार, २३ फागुन २०७२

काठमाडौं–कांग्रेसका ३० प्रतिनिधिले निर्वाचनमा मतदान गर्न नपाएपछि वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षबीच तीब्र विवाद भएको छ । बिधानअनुसार सभापतिले मनोनित गरेका ३० जना प्रतिनिधीलाई मतदान गर्नका लागि निर्वाचन समतिले रोकेपछि विबाद चुलिएको हो । मनोनित प्रतिनिधीले बन्दसत्रमा भाग लिएर नीति कार्यक्रम लगायतका प्रतिबेदनमा छलफमा सहभागी भईसकेको तर मतदान मात्र गर्न नदिएको पौडेल पक्षको भनाई छ । तर देउवापक्षले भने मनोनित प्रतिनिधीको अन्तिम मतदाता नामावलीमा नाम नै नभएकोले भोट हाल्न नपाउने अडान लिएको छ । यही विवादले सभापतिको उम्मेद्वारको मतगणना हुन ढिलाई भइरहेको छ । यस्तो छ मतदानमा भाग लिन नपाउने मनोनित तीस प्रतिनिधिको नामावली १ खिलराज पाण्डे, रुपन्देही २ रामसुख यादव, धनुषा ३ दुर्गाप्रसाद फलारा, डोटी ४भोजराज भट्ट, डडेलधुरा ५ उषा कार्की, संखुवसभा ६शिवधारी यादव, धनुषा ७ पुरुषोतम् बस्नेत ,सोलुखुम्बु ८तीर्थराज ढंगोल, काठमाडौं ९ ऋषिकेश तिवारी पर्वत १० गोविन्दराज जोशी, कैलाली ११ लक्ष्मिनारायण शाह, बाँके १२ सीताराम भण्डारी, महोत्तरी १३ बासुदेबशरण कोइराला, सर्लाही १४ मोहनकुमार मागेमा, धनुषा १५ पिताम्बर बढू, गोरखा १६ चिनबहादुर आले, तनहुँ १७ गोबिन्द धिताल, लम्जुङ १८ प्रमोद रिमाल, नुवाकोट १९ पुरन चन्द्र लेखक, बैतडी २० कुसुकुमार न्यौपाने, पर्वत २१शोभा थापा, जम्जुङ २२शालिकराम सिंह, महोत्तरी २३ परि न्यौपाने पर्वत २४ भवानी चन्द , कञ्चनपुर २५ दिलमानसिंह चन्द, सल्यान २६ हरिसचन्द्र शाह, रुकुम २७ विष्णु वास्तोला कञ्चनपुर २८ सिताराम केसी, काठमाडौं २९ उमेश पौडेल, चितवन ३० दिपेन्द्रबहादुर बम, बैतडी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप