शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस सभापति बन्न १५७५ मत आवश्यक

आइतबार, २३ फागुन २०७२, २२ : ५२
आइतबार, २३ फागुन २०७२

काठमाडौं– कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको आइतबार साँझ सम्पन्न भएको छ । यद्यपी तीस जना प्रतिनिधिले मताधिकार प्रयोग गर्न नपाएपछि भएको विवादका कारण मतगणनामा ढिलाइ भएको छ । कांग्रेसको विधान अनुसार सभापतिमा विजयी हुनका लागि उम्मेद्वारले कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनु पर्छ। मतदानमा ३१ सय ६१ महाधिवेशन प्रतिनिधि मध्ये ३१ सय ४८ प्रतिनिधिले भाग लिए । जसअनुसार १३ औं महाधिवेशनबाट सभापति चुनिनका लागि उम्मेद्वारले १५ सय ७५ मत ल्याउनु पर्छ । तर विवादित ३० जना प्रतिनिधिले भोट हाल्न पाएको अवस्थामा सभापतिमा विजय हुन १५ सय ९० मत आवश्यक हुन्छ। यदि कुनै पनि उम्मेद्वारले सो मत प्राप्त नगरेको खण्डका फेरि निर्वाचन हुनेछ। दोस्रो चरणको निर्वाचनमा भने पहिलो र दोस्रो हुने उम्मेद्वारले मात्र भाग लिने पाउने छन् । कांग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप