सभागृहमा बालकृष्ण खाँड र मिनेन्द्र रिजालको चर्काचर्की
सोमबार, २४ फागुन २०७२, ०० : २७
काठमाडौं–नेपाली काँग्रेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मनोनित ३० जना सदस्यले मतदान गर्न नपाएपछि बिबाद चर्केको छ । निर्वाचन समितिले बिबाद टुंग्याउन अघि नेताहरुवीच चर्काचर्की भएको हो ।
राष्ट्रिय सभागृहमा निर्वाचन समिति र नेताहरु अलमल्ल परेर बस्दै गर्दा कतिपय नेताहरुको झगडा सतहमा आएको छ । राती सवा ११ बजे पूर्वमन्त्रीहरु मिनेन्द्र रिजाल र बालकृष्ण खाँडको विचमा चर्काचर्की परेको थियो ।
राष्ट्रिय सभागृह स्थित निर्वाचन समतिको अस्थाई कार्यालयमा खाँडले निर्वाचन समितिका अध्यक्ष राधेश्याम अधिकारीलाई तुरुन्त मतगणना प्रकृया शुरु गर्न भनेपछि खाँड र रिजालविच झगडा भएको हो । शुरुमा खाँडले अधिकारी र निर्वाचन समितिका सदस्यलाई ‘तपाईँहरुले अन्याय गर्नुभो, मतगणना किन शुरु नगरेको’ भन्दै जंगिएका थिए ।
त्यसको जवाफमा निर्वाचन समितिका एक सदस्यले ‘३० जनाको कुरा दाईलाई थाहा छैन?’ भन्दै प्रश्न गरेपछि खाँड कड्कीए । ‘कस्ले भनेर ३० जनाको कुरा आयो ? ’ आफ्नो प्रतिनिधि परिचयपत्र देखाउँदै उनले भने ‘यस्ता परीचयपत्र मैले हजारवटा छापेर ल्याईदिन सक्छु ।’
उनले रामचन्द्र पौडेल समेत भूतपूर्व भईसकेको भन्दै थर्काए । ‘मसलको कुरा गर्नुहुन्छ भने शेर बहादुर चाहिँदैन म एक्लै काफी छु ’ उनले धम्कीको भाषामा भने ।
निर्वाचन समितिका दुईजना र खाँडवीच विबाद भईरहेको बेला पुगेका अर्कापूर्वमन्त्री रिजालले के भएको भनेर सोध्न नपाउँदै खाँड जंगिएका थिए । ‘डाक्टर साप तपार्इँ बढी हुने होईन’ खाँडले भने ‘धनुषा ५ को निर्वाचन कसको आदेशले रोकेको ? रामवरणको फोनको भरमा रोकेको हैन ?’
मिनेन्द्रले तपार्इँसंग कुरा गरेको हैन, राधेश्याम जिलाई साधेको हो भनेपनि उनले मिनेन्द्रलाई हपारेका थिए । यतिकैमा कोठामा पसेका रामहरी खतिवडा पनि मिनेन्द्रमाथि खनिए ।
सभागृहमा अहिले पत्रकारहरु मतगणना अपडेट गर्न बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण