सरकारले एकल इन्जिनका विमानमा यात्रु चढ्न प्रतिबन्ध लगायो
सोमबार, २४ फागुन २०७२, ०१ : ०१
काठमाडौँ– सरकारले एक इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एकल इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध लगाउने र कार्गोका रुपमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको हो । कार्गोका रुपमा सञ्चालन अनुमति दिएका विमानको पनि प्रत्येक महिना नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत प्राविधिक परीक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा मात्र उडाउने निर्णय गरेको छ । त्यस्तै एकल इन्जिनका जहाज उडाउनु अगाडि परीक्षण गरी दैनिक लगबुक राख्ने र त्यसको अनुगमनका आधारमा मात्र उडान अनुमति प्रदान गर्ने पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले एकल इन्जिन भएका विमान खरिद गरेर ल्याउन प्रतिबन्ध गर्ने निर्णय पनि गरेको छ ।पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले हाल भएका एकल इन्जिनका विमानलाई कार्गोको रुपमा उडान अनुमति दिने तर आगामी दिनमा एकल इन्जिन भएका विमान खरिद गरेर ल्याउन प्रतिबद्ध लगाइएको जानकारी दिए ।
यही फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखायामा दुर्घटना भएपछि सरकारले एकल इन्जिनको विमान सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो । नेपालमा हाल एकल इन्जिनका पाँचवटा मात्र विमान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण