शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मध्यरातमा मतपेटिका सानेपा लगियो

सोमबार, २४ फागुन २०७२, ०१ : १६
सोमबार, २४ फागुन २०७२

काठमाडौं– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएसँगै सभापति बाहेकका मतपेटिका पार्टी केन्द्रिय कार्यलय सानेपामा लगिएको छ ।

सभापतिको मतगणना भने राष्ट्रिय सभागृहमै गणना हुँदैछ । सभापतिको गणना सकिएपछि मात्रै मात्रै अरुको गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । यसअघि ३० प्रतिनिधिले भोट हाल्न नपाएपछि कांग्रेसमा विवाद भएको थियो । तर निर्वाचन समितिले ३० जनाले भोट हाल्न नपाउने निर्णय गरेसँगै सभापतिको मतगणना गर्न लागिएको हो । निर्वाचन समितिका अनुसार काँग्रेसको बिधानको धारा २ को ‘ङ’ बमोजिम मनोनित सदस्यले भोट हाल्न पाउने नपाउने विषयमा प्रष्ट खुलेको छैन । मनोनित सदस्यहरुले आफूहरुले महाधिवेशनमा भाग लिएकोले मतदान पनि गर्न पाउनुपर्ने भन्दै निवेदन दिएका थिए । मनोनित सदस्यहरु महाधिवेशनको अरु प्रकृयामा सहभागी हुन पाउने तर मतदान गर्न पाउने÷नपाउने नखुलेको भन्दै समितिले उनीहरुको जिकीर सहि नभएको निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप