शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

८ मत हराएपछि राष्ट्रिय सभागृहमा झडप

सोमबार, २४ फागुन २०७२, ०५ : ३८
सोमबार, २४ फागुन २०७२
काठमाडौँ-  काँग्रेस सभापतिको निर्वाचनमा ८ मत हराएपछि झडप भएको छ । ८ मत हराएपछि शुरु भएको बिबाद झडपमा परीणत भएको हो । मतदानमा ३ हजार १ सय मत परेकोमा एक सय मत सदर भएका छन् भने ८ मत हराएका छन् । देउवापक्षका नेता कार्यकर्ताले मत ८ मत कहाँ गए भन्दै निर्वाचन समिति समक्ष खोजीहरेका थिए । निर्वाचन समितिका अध्यक्ष राधेश्याम अधिकारी तनावमा परीरहेको बेला एक्कासी हात हालाहालको अवस्था आएको थियो । छलफलकै लागि देउवा समूहका एजेण्ट बसेका सुवास पोखरेललाई निर्वाचन समितिले भित्र बोलाएको थियो । तर प्रहरीले उनलाई सोधखोज गरेपछि उनी आक्रोशित भएका थिए । त्यसपछि उनी लगायतका काँग्रेस कार्यकर्तामाथी प्रहरीले एकाएक लाठी प्रहारी गरेको आरोप छ । झगडा पछि यहाँ भागाभाग भएको छ । ठूलो संख्यामा प्रहरी परीचालन गरीएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप