बार्सिलोनालाई ८ अंकको अग्रता, पछ्याउँदै एथ्लेटिको
बार्सिलोना – इबारलाई पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा ८ अंकको अग्रता कायम राखेको छ । आइतबार राती भएको खेलमा बार्सिलोना ४–० गोल अन्तरले विजयी बन्यो । बार्सिलोनालाई जीत दिलाउने क्रममा लियोनेल मेस्सीले दुई तथा मुनिर एल हडिडी र लुइस सुवरेजले १–१ गोल गरे । योसँगै बार्सिलोनाको ‘एमएसएन’ मेस्सी, सुवारेज र नेयमारको गोलसंख्या १ सय पुगेको छ । जीतसँगै बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई ३६ पुर्याएको छ । २८ खेलपछि बार्सिलोनाको ७२ अंक रहेको छ । दोस्रो, स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई पराजित गर्दै लिगमा बार्सिलोनामाथि दबाब कायम राखेको छ । भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा एन्टोनी ग्रिजमानले एथ्लेटिकोलाई अग्रता दिलाए पनि डेनिस चेर्सेभले त्यसको चार मिनेटपछि नै एथ्लेटिकोलाई खेलमा फर्काएका थिए । दोस्रो हाफमा फर्नान्डो टोरेसले गोल गर्दै एथ्लेटिकोलाई पुनः अग्रता दिलाए । खेलको ८० औं मिनेटमा एन्डरलान सान्तोषले रातो कार्ड खाँदै मैदान छाडेपछि भ्यालेन्सिया १० खेलाडीमा सिमित बनेको थियो । त्यसको फाइदा उठाउँदै यानिक कारास्कोले गोल गर्दै एथ्लेटिकोलाई ३–१ को जीत दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण