चालकको सिटमाथि लुकाई राखेको गाँजा बरामद, चालक पक्राउ
रत्ननगर (चितवन) - जिल्ला प्रहरी कार्यालय चितवनले चालक बस्ने सिटमाथि हुटमा लुकाइछिपाई राखिएको अवस्थामा साँढे ५२ किलो गाँजा बरामद गरेको छ । आइतबार ट्रकमा गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उक्त परिमाणको गाँजा फेला पारिएको चितवन प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा गाडी चालक मकवानपुर नामटारका विकेश लामा रहेका छन् । गाडीमा सिलप्याक गरेर राखिएको सातवटा पोकामा गाँजा फेला परेको हो । ना२ख ७१९९ नंको ट्रकमा लुकाई राखिएको अवस्थामा प्रहरी सहायक निरीक्षक सिकेन्द्र साहको टोलीले गाँजा बरामद गरेको हो । लागुऔषध ओसारपसारअन्तर्गत अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो क्षेत्र भएर विगतदेखि नै गाँजा ओसारपसार हुने गरेको छ । अघिल्लो वर्ष सोही क्षेत्रअन्तर्गत पर्ने पहाडी इलाकामा प्रहरीले करिब १० बिगाहा क्षेत्रमा लगाइएको गाँजाखेती नष्ट गरेको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए । बर्सेनि विकट लोथर र कोराक गाविसमा गएर प्रहरीले गाँजा नष्ट गर्ने गरेको भए पनि पूर्ण नियन्त्रणमा भने आउन सकेको छैन । सो क्षेत्रमा हतियारसहितका तस्कर हिँड्ने गरेका छन् । एक वर्षअघि यहाँ प्रहरीसँगको भिडन्तमा एक तस्करको ज्यानसमेत गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण