रामेछापको सात गाविसमा झुसिल किराको प्रकोप, सयौं बिरामी
रामेछाप–जिल्लाको उत्तरी भेगाका प्रिती, कुभुकास्थली, गुम्देल, गुप्तेश्वर, ठोसे चुचुरेलगायत सात गाविसमा झुसिले किराको झुस फैलिदा एलर्जी भएर सयौं स्थानीयहरु महिनौंदेखि विरामी पर्दै आएका छन् ।
भूकम्पले घर भत्किएपछि जंगल छेउमा अस्थायी टहरामा बस्दै आएका भूकम्प पीडितहरुलाई गत असोज महिनादेखि झुसिल किराले सताउँदै आएको छ । ‘झुसिलेकिराको प्रकोपले गाउँभरीका मानिसहरु विरामी परेको गुप्तेश्वर स्वास्थ्य चौकीका प्रमुख रामशिष यादवले जानकारी दिएका छन् । उनका अनुसार प्रकोपबाट बच्नका लागि स्वास्थ्यकर्मीले नियमित सल्लाह र औषधि वितरण गरिरहेको भए पनि विरामीको सख्या भने बढिरहेको छ ।
‘जंगल जादाँ सावधानी अपनाउन र घरआँगन सफा राख्न हामीले सुझाव दिंदै आएका छौँ तर पनि स्थानीय जोगिन सकेका छैनन्’ यादवले भने । झुसिले किराले जंगमा चर्न जाने गाइबस्तुलाई समेत सताइरहेको छ । केही बाख्रा उक्त रोगका कारण मरेको समेत स्थानीयले बताएका छन् ।
बढि मात्रामा उत्तिसघारीमा पाइने झुसिले किरा अहिले सडक, खेतबारी जताततै फैलिएको स्थानीयको भनाई छ । समूहमा सलह झै हिड्ने झुसिले किराको झुस हावामा उडेर मानिसको शरीरमा टाँसिन साथ जिउ चिलाउने र चिलाएको ठाउँमा डावर उठ्नुका साथै घाउँ हुने गरेको पीडितहरुको भनाई छ । सो क्षेत्रमा झुसिल किराको प्रकोपबाट विरामी भएर स्वासथ्य चौकी आउनेको संख्या दैनिक ४० भन्दा बढी रहेको गुप्तेशवर स्वास्थ्य चौकीका प्रमुख यादवको भनाई छ । उनले भने– ‘जिल्ला स्वास्थ्य कार्यालयबाट २ सय चक्कि औषधि आएको छ, दुई तीन दिनलाई पुग्छ होला, औषधि जति ल्याए पनि साध्य नचल्ने भो । एलर्जिका कारण धेरैलाई ज्वरो आएको पनि उनले बताए । ‘कतै गइसक्नु छैन’ बाम्ती सोतर्मुका रामवहादुर कार्की भन्छन्– चिलाएरै मरिने भइयो । झुसिल किराको झुसले गाउँभरका बाख्रा वस्तुमा मुख सुन्निने, आँखा नदेख्ने जस्ता संक्रमण भएर मर्ने गरेको पनि कार्कीले बताए । जंगल जाने गाई बाख्राले गाउँमा रोग ल्याइरहेका छन् उनले भने । रोगबाट बच्नका लागि कसैले सन्चो दलिरहेका र कसैकसैले जाँड शरीरमा दल्ने गरेको कार्कीको भनाई छ । ‘एलर्जी विरुद्धको औषधि पनि धेरै खानु हुदैन रे ’ कार्की भन्छन् – गाउँघर तिर धेरैले जाँड दल्न लागेका छन् । जाँड दलेपछि चिलाउन अलि कम हुन्छ । जिल्ला स्वास्थ्य कार्यालयले झुसिलेको प्रकोपका कारण विरामी परेकालाई एलर्जी विरुद्धको औषधि वितरण गर्न त्यस क्षेत्रका स्वास्थ्य चौकीमा माग बमोजिमको औषधि पठाएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाशप्रसाद शाहले औषधिको कमी हुन नदिने बताएका छन् । त्यस क्षेत्रमा औषधी अभाव भएमा तत्काल औषधी पु¥याउने व्यवस्था मिलाइएको पनि जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण