११ लाखले पशुपति दर्शन गर्ने अनुमान, चार ढोका खोलियो
काठमाडौँ - महाशिवरात्रीका दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।
बिहान १ बजेदेखि नै भक्तजनको भीड लागे पनि २ः४५ बजे मात्र पशुपतिका चार ढोका खोलिएका थिए ।
पशुपतिको मूल मन्दिरमा चार ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए । भक्तजन जुन ढोकाबाट प्रवेश ग¥यो त्यही ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ ।
यस वर्षको शिवरात्रीमा ११ लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको उनले बताए । अहिलेसम्म व्यवस्थित रुपमा लाइन लागेर भक्तजनले दर्शनका लागि प्रतीक्षा गरिरहेका छन् ।
यस वर्ष भारतीय भक्तजनको सङ्ख्या बढी देखिएको नेपाल–भारत मैत्री परिषद्का प्रमुख संयोजक सुरेश ठाकुरले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष साउन १९ गते पशुपतिमा विशेष पूजा गर्दा भारतीय सञ्चारमाध्यमले मान्यताका साथ प्रचारप्रसार गरेकाले शिवरात्रीमा भारतलगायतका देशबाट आउने भक्तजनको उल्लेख्य उपस्थिति रहेको उनले उल्लेख गरे । आज बिहानैदेखि चाबहिल चोक, रातोपुल, पुरानोबानेश्वर चोक र सिनामङ्गलबाट गौशाला आउने सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पठाइएको छ ।
पशुपति क्षेत्र आज पूर्णरुपमा मेलामय बनेको छ । विभिन्न सङ्घसंस्थाले निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क चियापान एवम् भण्डाराको व्यवस्था गरेका छन् ।
पशुपतिभित्र दर्शन गर्ने व्यवस्था व्यवस्थित भए पनि बाहिर भने अव्यवस्थित रहेको बानेश्वरबाट दर्शनका लागि आउनुभएका रामप्रसाद भण्डारीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण