शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जलेश्वरनाथ महादेव मन्दिरमा हजारौ श्रद्धालूको भीड

सोमबार, २४ फागुन २०७२, ११ : १३
सोमबार, २४ फागुन २०७२

जलेश्वर–जलेश्वरनाथ महादेव मन्दिरमा आज शिवरात्रीको अवसरमा शिवलिङ्गको दर्शन गर्न हजारौ श्रद्धालु भक्तजनहरुको विहानै देखि भिड लागेको छ । शिवरात्रीमा दिनभरि नै जलगुफाबाट जलनिकाली हजारौ दर्शनार्थीलाई शिवलिङ्ग दर्शन गराईने हुँदा महिला र पुरुष दर्शनार्थीहरु विहानै देखि दर्शनको लागि लाईनमा वसेका छन । शिवरात्रीमा भाण्टाको भार,धानको वाला चढाउनुका साथै दण्डयात्रा समेत गरिने गरिएको छ । भाकल मानेकाहरु आफ्नो घरवाट दण्डवत गर्दै मन्दिरसम्म पुग्ने गर्छन । महाशिवरात्री महोत्सवको लागि विशेष तयारी स्वरुप शान्ति कम्युनिटी हस्पीटल,जिल्ला स्वास्थ्य कार्यालय तथा रेडक्रसले विशेष स्वास्थ्य शिविर संचालनमा ल्याएको छ भने सामुदायिक प्रहरीले विशेष सहायता क्पाम्प राखेको छ । त्यस्तै मन्दिर क्षेत्र वरिपरिको ट्राफिक रुट परिवर्तन गरिएको छ । साथै ३००को संख्यामा स्वयम सेवक समेत परिचालित रहेको छ । मन्दिर परिसर र वाहिर समेत व्यापक शुरक्षाकर्मीहरु चुस्तामा र सादा पोसाकमा समेत तैनाथ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप