शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सामाजिक सञ्जाल देउवामय

सोमबार, २४ फागुन २०७२, ११ : १७
सोमबार, २४ फागुन २०७२

काठमाडौं –पहिलो चरणमै सभापति हुन ११ मतले चुके पनि सामाजिक सञ्जाल फेसबुक र ट्विटर भने देउवामय भएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले देउवाले ११ मतले मात्र जित्न नसकेकोमा दुःख मन गर्दै दोस्रो चरणमा उनलाई विजयीको शुभकामना दिएका छन् ।

पत्रकार कसमस विश्वकर्माले ट्विट गर्दै भनेका छन्– ‘पौडेल र सिटौलाले हार स्वीकार गरेर देउवालाई छाडे राम्रो । पार्टीभित्र ६० अब नयाँ ४० नबनोस् ।’ हिमाल साप्ताहिकका सम्पादक किरण नेपालले लेखेका छन्– ‘सिटौलाले आफू हारे, पौडेललाई हराए, बार्गेनिङ पावर गुमाए ।’ राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले लेखेका छन्– ‘मैले अस्ति आफू हार्ने थाहा पाउँदा पाउँदै सिटौला जस्तो चलाख मानिसले चुनाव लडेको प्रयोजन अर्कै हुनुपर्छ भन्दा केही रिसाए, हो कि होइन रहेछ त ?’ साहित्यकार तथा प्राध्यापक घमराज लुइँटेलले लेखेका छन्, ‘कोइराला परिवारका पछि लाग्न मात्रै संस्थापन हो भन्ने भ्रम कांग्रेसमा अब टुट्नुपर्ने हो, देउवाको उचाइमा अरु होचा देखिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप